Play

जेनजी आन्दोलनका क्रममा देउवाको निवासबाट मुर्ती चोर्ने बिजय लामा पक्राउ

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसका सभापति एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित निवासबाट बुद्धको मूर्ति चोरेको अभियागमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा देउवाको निवासबाट चोरी गरिएका केहि मुर्ती सहित ति युवालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–६ टाँडी घर भई काठमाडौँको पेप्सीकोलामा बस्दै आएका २९ बर्षीय विजय लामा रहेको प्रहरीले जनाएको छ प्रहरीले  लामाको डेराबाट बुद्ध मूर्ति, गणेशको मूर्ति र शंख समेत बरामद गरेको जनाएको छ ।

उनले जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा बुढानीलकण्ठ स्थित देउवाको घरबाट सो सामान लुटेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लामालाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

देउवाको निजि निवासमा आगजनी र तोडफोड गरेका प्रदर्शनकारीहरुमध्ये अधिकांशले घरमा रहेका नगद तथा सुनचांदी र गरगहना सहित बिभिन्न बहुमुल्य सामान र उपभोग्य सामान समेत लुटपाट गरेर लगेका थिए।

३० आश्विन २०८२, बिहीबार १३:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा