पोखरा, पोखरा महानगरपालिका – ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहार सहितका चाडपर्वलाई लक्षित गरेर ग्राहकको लागि उपहार योजना सार्बजनिक गरेको छ । दशै र तिहारलाई लक्षित गरेर ल्याईएको योजनामा एक हजार रुपैयाँसम्मको सामान खरिदमा एउटा कुपन पाइने छ ।
लक्की ड्र मार्फत विजेताले प्रथम पुरस्कार इलेक्टिक स्कुटर, दोस्रो पुरस्कार माउन्टेन साइकल र तेस्रो पुरस्कार डिस्पेन्सर पाउने छन् । अन्य १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने डिपार्टमेन्टलका प्रबन्ध निर्देशक लक्ष्मण बरालले जानकारी दिए ।
१७ वर्ष अगाडि पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानीमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेस्टुरेन्ट र दैनिक उपभोग्य सामग्रीहरुको बिक्री गर्दै आएको छ । अघिल्ला वर्षहरुमा पनि स्टोरले उपहार योजना संचालन गर्दै आएको थियो ।
पछिल्लो समय उक्त डिपार्टमेन्टल स्टोर्समा होटल, रेष्टुरेण्ट र घरयासी प्रयोगमा आउन किचनका भाँडाहरुको बिक्रि थप गरिएको छ । करिब दुई करोड रुपैयाँको लगानी रहेको स्टोरबाट होटल, रेष्टुरेन्ट, क्याफे र होमस्टेका किचनका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा र उपकरण उपलब्ध गराउने लक्ष्य अनुरुप थप लगानी गरिएको सहकारीका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए ।
उनले पोखरामा थपिदै गएका होटल तथा रेष्टुरेण्टका लागि आवश्यक किचनका सम्पूर्ण सामग्री सहज रूपमा पाउन सकिने बताए । उनका अनुसार स्टोरमा होटल तथा रेष्टुरेण्ट सञ्चालनका लागि चाहिने बुफे सेट, स्टेनलेस स्टिलका भाँडा, प्यान, कुकर, ट्रे, फ्राइप्यान, सूप प्यान, चपिंग बोर्ड, चाकू, चम्चा, स्प्याचुला, टोंग, जार, बाउल, प्लेट, ग्लास, कप, ग्यास चुल्हो, ओभन, डीप फ्रायर, मिक्सर ग्राइन्डर, ब्लेन्डर, फूड प्रोसेसर, डिश–र्याक, वाटर फिल्टर लगायतका साना देखी ठुला सम्म सबै भाँडाकुँडा उपलब्ध रहेको बताए ।















