Play

अराजक गतिबिधि गर्नेलाई कारबाही गर्न उद्योग ब्यबसायी महासंघ पोखराको माग

गुरुकुल खबर


पोखरा, गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनको क्रममा औधोगिक एबम व्यावसायिक प्रतिष्ठानमा लुटपाट, आगजनी तथा चोरी गरेको घटनाको नेपाल उद्योग तथा व्यवसायी महासंघ पोखरा महानगर समितिले घोर भर्त्सना गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।

शुक्रबार सम्पन्न महासंघको  बैठकले  आगजनी, तोडफोड र लुटपाट जस्ता अराजक घटनामा संलग्न दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गर्ने निर्णय गरेको बैठक पछि जारी बिज्ञप्तिमा जनाइएको छ । घटनाले देशको अर्थतन्त्र, रोजगार सृजना, र पर्यटन क्षेत्रमा गम्भीर असर परेको मात्र नभएर वैदेशिक लगानीलाई पनि निरुत्साहित गर्ने खतरा उत्पन्न भएको महासंघको ठहर छ ।

बैठकले व्यावसायिक सुरक्षा सुनिश्चित गर्न प्रवीण रानाभाटको संयोजकत्वमा ५१ सदस्यीय ‘व्यवसायी सुरक्षा समन्वय समिति’ गठन गर्ने निर्णय गरेको छ । प्रहरी प्रशासनसँग समन्वय गर्दै व्यावसायिक क्षेत्रको सुरक्षा गर्ने र सुरक्षा निकायको मनोबल वृद्धि गर्न भूमिका खेल्ने समेत निर्णय महासंघले गरेको अध्यक्ष हेमराज भण्डारीले गुरुकुल खबरलाई जानकारी दिए ।

अध्यक्ष भण्डारीले पोखरा महानगर क्षेत्रमा रहेका व्यवसायीको हकहितका लागि महासंघले सक्रिय रूपमा काम गर्दै आएको उनको भनाई छ। बैठकले आगामी वर्षका लागि अन्य व्यावसायिक क्षेत्रको विकास र कार्य योजनाहरूको विषयमा पनि विस्तृत छलफल र निर्णय गरेको कार्यसमितिका सदस्य लोकेन्द्र राईले दिए ।

२६ आश्विन २०८२, आईतवार १८:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा