Play

लेखनाथको दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा टेक एज युथ परियोजना सुरु भएको छ। रिड नेपाल अन्तर्गतको टेक एज युथ परियोजना र दीपशिखा सामुदायिक पुस्तकालय बिच परियोजना सञ्चालन गर्ने सम्बन्धमा दुई महिना अगाडि परियोजना अगाडी बढाउने सम्बन्धि सम्झौता भएको थियो।

पुस्तकालयको सभाहलमा आयोजित एक कार्यक्रमका बिच पुस्तकालयका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, दीपशिखा सामुदायिक पुस्तकालयका सल्लाहकार बाबुराम गिरी, रिड नेपालका व्यपस्थापन समिति सचिव एंव मोती सामुदायिक पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, रिड नेपाल तथा सामुदायिक पुस्तकालयका यादव भट्टराइ लगायतले प्रशिक्षार्थी हरुलाई परियोजनाको लोगो अङ्कित टिसर्ट हस्तान्तरण गरेर परियोजना सुरु गरिएको जानकारी गराएका थिए ।

सम्झौता अनुसार परियोजनाबाट लक्षित समुदायका विभिन्न चार विद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका  १३ देखि २२ वर्ष उमेर समुहमा रहेर अध्ययन गर्दै वा अध्ययन गर्न छोडेकाकिशोरकिशोरी एबम फरक क्षमता भएका गरी प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने बताइएको छ।

कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य समेत रहेकी पुस्तकालय उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेकी थिइन् भने सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् पुस्तकालय कोषाध्यक्ष माधव भण्डारीले पुस्तकालयका गतिविधिवारे प्रकाश पारेका थिए।

आठ लाख रुपैया खर्च हुने टेक एज युथ कार्यक्रमका लागि परियोजनाले चार लाख बराबरको खर्च र बाँकी चार लाख पुस्तकालयले नै व्यवस्था गर्नुपर्ने कार्यक्रम संयोजक एलिसा के सी ले वताइन् । पुस्तकालय व्यबस्थापन समितिका पदाधिकारीहरु ,कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेको लेखनाथबाट विष्णुहरी पौडेलले गुरुकुल खबरलाई जानकारी दिए ।

२६ आश्विन २०८२, आईतवार ११:०१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा