Play

संकल्प सहकारीको अधिबेशन, सावित्री बराल अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका-७ मासवारमा संचालित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार सम्पन्न १६ औं वार्षिक साधारण सभा एवं छैटौं अधिवेशनले संस्थाको नयाँ संचालक समिति निर्बाचित गरेको छ । अधिबेशनले सावित्री बराललाई संस्थाको संचालक समितिको अध्यक्षमा निर्बिरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मुकुन्दराज पौडेल, सचिवमा मधु अधिकारी, कोषाध्यक्षमा हरिप्रसाद बराल र सहसचिवमा मिना बराल आचार्यलाई निर्वाचित गरेको छ । कार्यसमिति सदस्यहरुमा रामचन्द्र बराल, कल्पना शर्मा, पुष्पराज बराल र मेघनाथ गिरी निर्बाचित भएका छन भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा सूर्य प्रसाद बराल एबम सदस्यहरुमा दुर्गाराज बराल र रामनाथ पौडेल निर्वाचत भएका छन  ।

संस्थाका सल्लाहाकार विश्वेश्वर पराजुली संयोजक तथा लोकमाया बराल र उदयराज अधिकारी सदस्य रहेको ३ सदसिय निर्बाचन समितिले नयाँ कार्यसमितिको चयन सर्वसम्मतिको आधारमा गरेको हो ।

अधिबेशन एबम साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष राममोहन आचार्यले सहकारीका सिद्धान्तबाट विचलित नभई अगाडि बढेकाले नै संकल्प सहकारी आफूलाई जोखिम रहित राख्नसकेको बताए । उनले वितिय संस्थासंग सहकार्य गर्न वडा सधै तयार रहेको भन्दै शेयर सदस्यहरुले सहकारीबाटै कारोबार गरेर संस्थालाई मजवुत बनाउन लाग्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा संस्थाका सल्लाहकार एवम् संस्थापक अध्यक्ष विष्णुहरि बराल, नि.अध्यक्ष सरोज नारायण बराल लगायतले आआफ्नो भनाई राखेका थिए । सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने अम्बिका सापकोटा र पवित्रा पौडेल एवम् संस्थामा लामो समय लेखासमितिमा रहेका काम गरेका सूर्यनाथ भट्टराईलाई सम्मान गरिएको थियो ।

साधारण सभामा कोषाध्यक्षको आर्थिक प्रतिवेदन हरिप्रसाद बराल र लेखा समितिको प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरे । संस्थाका अध्यक्ष पिताम्बर बरालको अध्यक्षतामा सम्पन्न सभामा स्वागत मन्तब्य उपाध्यक्ष सावित्री बरालले गरेकी थिइन् भने कार्यक्रमको संचालन संस्थाका सचिव नरेशप्रसाद बरालले गरेका थिए ।

संस्थामा हाल ८७ महिला र १ सय ३७ जना पुरुष गरि कुल २ सय २४ शेयर सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी २ करोड ८ लाख ६२ हजार ६ रुपैया रहेको छ ।

२२ आश्विन २०८२, बुधबार २२:१० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा