Play

श्रेस्ता कायम गर्न भन्दै कास्की मालपोतको सुचना: जग्गा धनीको समय र पैसाको खर्च अनि झन्झटिलो

गुरुकुल खबर


पोखरा,  कास्की जिल्ला मालपोत कार्यालयले आंफ्नो श्रेस्ता कायम गर्नको लागि भन्दै जिल्लाका जग्गाधनीहरुलाई निकै झन्झटिलो र आर्थिक दृष्टिकोणले समेत खर्चिलो प्रक्रिया अपनाउन खोजेको छ ।गत भदौ २३ र २४ गते जेनजी पुस्ताको नाममा भएको आन्दोलनका क्रममा मालपोत कार्यालय कास्कीको भौतिक संरचनासहित जग्गाको अभिलेख जलेर नष्ट भएको बताइएको छ। जेनजी पुस्ताले सुशासन र अनियमितताको बिरुद्ध भन्दै गरिएको प्रदर्शनका क्रममा सरकारी कार्यालयको संरचना सहित अभिलेख जलेपछि अब अभिलेख कायम गर्न सेवाग्राहीले बिगतमा भन्दा धेरै सास्ती व्यहोर्नुपर्ने अबस्था सिर्जना गरिएको छ।

सबै अभिलेख जलेर नष्ट भएकोले हाल सेवा अबरुद्ध रहेको र अब सेवालाई सुचारु गर्न नष्ट भएका जग्गाधनी श्रेस्ता कायम गर्ने प्रयोजनका लागि जग्गाधनी स्वयम उपस्थित हुनुपर्ने र थुप्रै किसिमका कागजात र सिफारिस बुझाउन भन्दै जिल्ला मालपोत कार्यालय कास्कीले मंगलवार सार्बजनिक सुचना जारी गरेको हो। मालपोत कार्यालयको सूचना अनुसार सबै कागजपत्र जुटाउन धेरै दिन लाग्ने र धेरै ठाउँमा जानुपर्ने मात्र नभएर धेरै पैसा समेत खर्च गर्नुपर्ने भएको छ ।

जग्गाधनी स्वयम उपस्थित हुनुपर्ने प्राबधान मात्र नभएर जग्गा रहेको स्थानीय तहबाट जग्गा भोग सम्बन्धि किटानी सिफारिस अनि जग्गाधनी एकिन गर्नको लागि भन्दै स्थायी ठेगाना भएको स्थानीय तहको जग्गा धनीको तीनपुस्ते खुलेको फोटो टाँसिएको किटानी सिफारिस समेत चाहिने भन्ने प्राबधान सुचनामा राखिएकोमा जग्गाधनीहरुले त्यसलाई अत्यन्त अव्यवहारिक भन्दै आलोचना गरेका छन ।

जग्गाधनी अन्यत्र भएमा स्वयम् उपस्थित हुन कठिन हुने मात्र नभएर जग्गा रहेको स्थानीय तहबाट जग्गा भोग सम्बन्धि किटानी सिफारिस र जग्गाधनीको तीनपुस्ते खुलेको फोटो टाँसिएको किटानी सिफारिस चाहिने प्राबधानले जागाधनीहरुलाई झन्झटिलो मात्र नभएर आर्थिक हिसाबले पनि खर्चिलो बनाएको छ। सामान्य सिफारिस बनाउँदा पनि स्थानीय तहमा धेरै समय लाग्ने र प्रति सिफारिस बापत न्युनतम ४/५ सय रुपैयाको हाराहारीमा रकम तिर्नुपर्ने हुन्छ। जसका कारण जग्गा भएको स्थानीय तहको सिफारिस बनाउँदा पनि जग्गाधनीले स्थानीय तहलाई सिफारिस बापत धेरै पैसा तिर्नुपर्ने हुन्छ ।

यसका साथै स्थलगत सर्जमिन मुचुल्का, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनीसँग भएको सक्कल पुर्जा, जग्गाधनीसँग भएको पारित लिखत र जग्गा रोक्का भएमा रोक्का राख्ने निकायको सहमति पत्र पेस गर्न सूचनामा भनिएको छ । जबकी बर्षौं अगाडी खरिद बिक्रि गरिएको जग्गाको लिखत सुरक्षित राख्ने चलन समेत जग्गाधनीसंग छैन  यस्तै, चालु आर्थिक वर्षको मालपोत बुझाएको रसिद, प्लष्ट रजिष्टर, फिल्डबुक, नक्शा, आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सुचना पनि प्रकाशित गर्नुपर्ने भनिएको उक्त सुचनामा गुठि जग्गाको हकमा गुठि संस्थानको सहमति पत्र र आवश्यकता अनुसार अन्य प्रमाणहरु पेस गर्नुपर्ने उल्लेख गरिएको छ।

“कागजात जुटाउन निकै झन्झटिलो हुने किसिमले सुचना प्रकाशन गरिएको रहेछ। यसका साथै सिफारिस र अन्य कागजपत्र संकलन गर्दा पैसा र समय पनि त्यत्तिकै पनि खर्च हुने देखिन्छ । यसले जग्गाधनी वा सेवाग्राहीलाई अनाबश्यक झन्झट सिर्जना गरेको छ” पोखरा महानगर पालिकामा कार्यरत एक कर्मचारीले गुरुकुल खबरसंग भने।

उनका अनुसार, यसैगरी अभिलेख नष्ट भएका अन्य जिल्लाका मालपोत कार्यालयहरुले भने  श्रेस्ता कायम गर्नको लागि कास्की मालपोतको भन्दा धेरै सहज प्रक्रिया अपनाउने गरि सूचना जारी गरेका छन कतिपय स्थानीय तहले सिफारिस बापत शुल्क नलिने समेत जनाएका छन । कतिपयले भने मालपोतले प्रकाशन गरेको उक्त सूचना परिमार्जन गरि अर्को सूचना जारी नगरे मालपोत कार्यालयमा नै आन्दोलन गर्नुपर्ने समेत बताएका छन ।

कास्की जिल्ला मालपोत कार्यालयले मंगलबार नै अर्को सूचना जारी गरी रोक्का जग्गाको पनि अभिलेख अद्यावधिक गर्न भनेको छ । कार्यालयको कार्य क्षेत्रभित्र पर्ने महानगरपालिका र गाउँपालिकाको जग्गाहरुको रोक्का सम्बन्धित अभिलेख तथा व्यक्तिगत दृष्टिबन्धक, शेषपछिको बकसपत्र गरिदिएको भए त्यसको अभिलेख यस कार्यालयमा उपलब्ध गराइ रोक्का अभिलेख अध्यावधिक गर्ने कार्यमा सहयोग गर्न पनि सूचनामा भनिएको छ ।

यस्तो छ मालपोत कार्यालयको सूचना ..

२२ आश्विन २०८२, बुधबार १९:४२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा