Play

परिवार नियोजन संघ कास्कीमा भिडिओ एक्सरे सेवा शुरु

गुरुकुल खबर


पोखरा, नेपाल परिवार नियोजन संघ कास्कीले विहीबारदेखि आंफ्नो कार्यालयमा बिरामीहरुको लागि भिडियो एक्सरे (युएसजी) सेवा संचालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त सेवा संचालनमा ल्याइएको संघका वरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले  गुरुकुल खबरलाई जानकारी दिए ।

गण्डकी मेडिकल कलेजका रेडियोलोजी विभागका प्रमुख सह.प्रा.डा.केशव शर्माले बिरामीहरुको सेवाको लागि उक्त सेवा प्रदान गर्ने बुझिएको छ ।

संघले हाल परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्यसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गर्दै आएको छ ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले बिहिबार आयोजित एक समारोहमा सेवाको शुभारम्भ गर्दै सेवाग्राहिको हितलाई मध्यनजर गर्दै सेवा संचालनमा ल्याइएको बताए ।

 

 

९ आश्विन २०८२, बिहीबार १८:५३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा