Play

प्रमुख शहरमा सस्तो मुल्यमा सर्बसाधारणलाई उपभोग्य सामान उपलब्ध गराउंदै साल्ट ट्रेडिङ कर्पोरेसन

पोखरा र काठमाडौँसहित बिभिन्न सहरहरुमा सुपथ मूल्यका पसल, पोखराको पसलमा पुग्छन दैनिक ५ सय बढी उपभोक्ता


गुरुकुल खबर


काठमाडौँ, नेपालीहरुको महान पर्ब दशैंको सन्दर्भ पारेर साल्ट ट्रेडिङ कर्पोरेसनले गत भदौ ३० देखि देशका विभिन्न स्थानमा सुपथ मूल्यका  पसलहरु सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारको निर्णय अनुरुप सुपथ मूल्यका पसलहरु संचालनमा ल्याइएको कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले गुरुकुल खबरलाई जानकारी दिए। कर्पोरेसनले आंफ्नो केन्द्रीय कार्यालय काठमाडौँ सहित मुलुकका बिभिन्न स्थानमा यस किसिमका पसलहरु संचालनमा ल्याएको उनले बताए।

दशैँ, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा सर्बसाधारण उपभोक्तालाई सस्तो मुल्यमा उपभोग्य बस्तु आपुर्ती गर्न यस किसिमका पसल संचालन गरिएको कर्पोरेसनका बजार प्रबन्धक प्रज्वलमान प्रधानले गुरुकुल खबरलाई जानकारी दिए। प्रधानका अनुसार उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा र धुलिखेल लगायतका स्थानमा रहेका १४ वटा शाखामा पसल संचालन गरिएको छ।

काठमाडौँ उपत्यका बाहिर पोखरा, धनगढी, नारायणघाट नुवाकोटमा लगायतका स्थानमा पनि यसकिसिमको पसलहरु संचालन भैरहेको छन। प्रधानले साल्ट ट्रेडिङ कर्पोरेसनमा मात्र हालसम्म दुई करोड रुपैयाँभन्दा बढीको कारोबार भइसकेको र दशैं, तिहार र छठ पर्बसम्ममा धेरै उपभोक्ताहरुले सस्तो मुल्यमा सामान खरिद गर्न पाउने जानकारी दिए ।

कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्यका पसलले बजारमा हस्तक्षेप गरेको मात्र नभएर कृत्रिम मूल्यवृद्धि रोक्न सहयोग गरेको र उपभोक्ता ठगिनबाट पनि जोगाउन सफल भएको प्रबन्धक प्रधानको भनाई छ। प्रधानका अनुसार नुनमा प्रतिकिलो २ रुपैयाँ छुट छ र उपभोक्ताले ६ किलोसम्म पाउन सक्छन भने चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट दिईएकोछ। दाल, आटा र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ भने लेनग्रेन चामलमा बजार मूल्यभन्दा १५ रुपैयाँसम्म सस्तोमा बिक्रि भैरहेको छ। तेलमा प्रतिलिटर ५ देखि ७ रुपैयाँसम्मको छुट दिइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले पोखराको पृथ्वीचोकस्थित आफ्नो कार्यालय परिसरमा पनि यस किसिमको पसल संचालन गरिरहेको र दैनिक ५ सयको हाराहारीमा उपभोक्ताले बिभिन्न सामान खरिद गर्ने गरेको कम्पनीको गण्डकी प्रदेशका प्रमुख एबम कम्पनीका सहायक प्रबन्धक सागर शेरचनले गुरुकुल खबरलाई जानकारी दिए।

उनका अनुसार पोखरामा पनि नुनमा प्रतिकिलो रु. २, दाल, आटा र चिउरामा प्रतिकिलो रु ७ छुट दिईएको छ भने चिनी प्रतिकिलो रु. ९५ मा, शान्ति तोरीको तेल प्रति लिटर ३ सय ५५ मा उपलब्ध गराइने गरेको छ। पोखरामा मात्र हरेक दिन पांच सयको हाराहारीमा उपभोक्ताहरु सामान खरिद गर्न आउने र यो संख्या बढ्दो क्रममा रहेको शेरचनको भनाई छ कर्पोरेसनका अन्य स्थानका पसलहरुमा पनि सोहि अनुसार सामानमा छुट दिएर बिक्रि भैरहेको छ।

सुपथ मुल्यमा सामान पाइने भएपछि पोखरा बजार क्षेत्र र आसपासबाट पनि सर्बसाधारण उपभोक्ताहरु सामान खरिद गर्नको लागि आउने गरेको छन। साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले सञ्चालन गरेको सुपथ मूल्य पसलमा सामान खरिद गर्न पुगेका दिपेश सुबेदीले बजार मूल्य भन्दा सस्तोमा उपभोग्य सामान पाउने भएको कारण सामान खरिद गर्न आएको बताए ।

काठमाडौँको नैक्याप घर भएका सुबेदीले चाडबाडको समयमा बाहिर बजारमा सामानको अभाव हुने र मूल्य समेत बढाइने भएपनि साल्ट ट्रेडिङ कर्पोरेसनबाट किन्दा भने सस्तो मुल्यमा सामान पाइने भएकोले अन्य साथीहरु सहित दैनिक उपभोग्य सामान किन्न आएको जानकारी दिए। दिपेश संगै सामान खरिद गर्न पुगेकी पुस्पा शर्माले यस किसिमको पसललाई चाडबाडको समयमा मात्र नभएर अन्य समयमा पनि निरन्तरता दिन सके सर्बसाधारण उपभोक्तालाई राहत पुग्ने बताइन।

९ आश्विन २०८२, बिहीबार १४:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा