Play

हिमालयन सहकारीको रक्तदानमा ४० युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा,  हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १३ औं वार्षिकोत्सवको अवसरमा अयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरका प्रवक्ता एवम् पोखरा महानगर पालिका वडा नं. २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले रक्तदानले रगत अभावलाई परिपूर्ति गर्ने बताए ।

हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मेघराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा कास्की बचत संघका सचिव मिनराज तिमिल्सिना, हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठी, हिमालय बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार माधाव शरण पौडेल, शिक्षा समिति संयोजक दिपक त्रिपाठी, सचिव भरतराज अधिकारीले बोलेका थिए ।

८ आश्विन २०८२, बुधबार २२:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा