Play

हेमजा साहित्य प्रतिष्ठानको राधा–लक्ष्मी पुरस्कार लेखनाथको राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई

गुरुकुल खबर


पोखरा,  हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामे आहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजिक एवम् धार्मिक व्यत्तित्व स्व.लक्ष्मी शरण उपाध्याय र उनकी श्रीमती स्व.राधा पौडेलको स्मृतिमा परिवारजनद्वारा स्थापित अक्षयकोषको ब्याज रकमबाट प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्व, समाजिक संघ संस्था आदिलाई पुरस्कृत गर्ने गरिएकोमा यस वर्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको हो ।

स्व.लक्ष्मी शरण उपाध्यायको जन्मजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायक र अक्षयकोषदाता परिवारका सदस्यका तर्फबाट राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक (महन्त) मुकुन्दशरण उपाध्यायलाई नगद बिस हजार पाँच रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको हो ।

पुरस्कारका लागि योग्य संस्था वा प्रतिभा छनौटका लागि प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलको संयोकत्वमा केशव शरण पौडेल र छन्दमणि त्रिपाठी सदस्य रहेको छनौट समिति गठन गरिएको थियो । पुरस्कारका लागि स्थापना गरिएको अक्षयकोषमा दुुई लाख पच्चीस हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले प्रतिष्ठानद्वारा राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई सम्मान गरिएको भन्दै प्रशंसा गरे । सामाजिक एवम् धार्मिक जागरणमा उल्लेख्य योगदान गरिरहेको संस्थालाई गरिएको सम्मान सबैको सम्मान भएको उनको भनाई थियो ।

राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक मुकुन्द शरण उपाध्यायले स्व. लक्ष्मी शरण उपाध्यायले सामाजिक एवम् धार्मिक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दैै अक्षयकोष राखिएकोमा प्रशंसा गरे ।

प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको सभापतित्व एवम् उपाध्यक्ष छन्दमणि त्रिपाठीले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन अक्षयकोषदाता परिवारका केशव शरण पौडेल र माधव शरण पौडेलले गरेका थिए ।

कार्यक्रमका पुरस्कृत प्रतिभा संस्था छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेल, छन्द नायक माधव वियोगी, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका का.वा. अध्यक्ष माधव शरण उपाध्याय लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा भगवती पन्त, हरिप्रसाद खनाल, धर्मराज पौडेल लगायतले रचना वाचन गरेका थिए ।

८ आश्विन २०८२, बुधबार २१:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा