Play

चापाकोट-पोखरा सहकारीको साधारणसभा सम्पन्न, ३० लाख बढी लाभांश वितरण

गुरुकुल खबर


पोखरा, चापाकोट – पोखरा बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। ३ सय ५० जना शेयर सदस्य रहेको उक्त सहकारीको शेयर पुंजी ३ करोड ७८ लाख रहेको छ। संस्थाले ७ करोड १५ लाख ९१ हजार कर्जा प्रबाह गरेको जनाएको छ। संस्थाले यस पटक ३० लाख रुपैया भन्दा बढी रकम शेयर सदस्यहरुलाई लाभांशको रुपमा वितरण गरेको जनाएको छ।

चापाकोट बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज पराजुलीको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन संस्थाका संस्थापक अध्यक्ष शिवलाल पराजुलीले गरेका थिए। साधारण सभामा उत्कृष्ट बचतकर्ताको रुपमा भरतलाल अधिकारी, विष्णुकुमारी पराजुली र बिष्णु थापालाई सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाका अध्यक्ष भेषराज पराजुलीले सहकारी संस्ठाहरुमा बिकृति विसंगति बढ्नु, कतिपय सहकारीमा रकम अपचलनका घटना हुनु जस्ता कुराले चापाकोट सहकारीले पनि सोचे अनुसारको प्रगति गर्न नसकेको भएपनि निराश हुनुपर्ने अबस्था नरहेको बताए। उनले लगानीका उपयुक्त क्षेत्र पहिचान गरेर लगानी गर्न र निक्षेप रकम बढाउन सके सहकारीले अझ प्रगति गर्ने भएकोले सदस्यहरुको समेत सहयोग आबश्यक रहेको बताए ।

संस्थापक अध्यक्ष शिवलाल पराजुलीले सहकारीलाई अझ बलियो बनाउन सदस्यहरुको समेत सकारात्मक सहयोगको खाँचो औंल्याए। कार्यक्रममा संस्थाका सल्लाहकारहरु पदमपाणी देवकोटा र जुमकाजी गुरुङ, पोखरा महानगरपालिका -२४ का पुर्ब वडाध्यक्ष ओम सुबेदी, संस्थाका सचिब पुष्पराज पराजुली, लेखा समितिका संयोजक तेजनारायण पराजुली, सदस्य पार्वती अधिकारी लगायतले आआफ्नो भनाई राखेका थिए ।

७ आश्विन २०८२, मंगलवार ११:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा