Play

नेपालको पहिलो महिला प्रधानमन्त्री बन्दै ‘सुशिला कार्की’ , आज राति नै सपथ हुने

गुरुकुल खबर


काठमाडौँ,  पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन। उनलाई अब बन्ने अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने विषयमा सहमति जुटेसंगै उनि नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी हुन । नयाँ सरकार गठन गर्ने विषयमा सहमति जुटेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज बेलुका ९ बजे सो पदमा सपथ गराउने भएको बुझिएको छ ।

यसअघि, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की सहितको टोली शीतलनिवास पुगेको थियो । कार्की सहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेका थिए ।

कार्कीलाई अन्तरिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा सहमति जुट्न सकेको थिए । दुवै पक्ष आआफ्नो अडान यथावत् रहेका थिए । तर, अन्त्यमा संसद विघटन गर्ने विषयमा सहमति जुटेको हो ।

यसअघि भदौ २३ र २३ गतेको जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । असामान्य परिस्थितिलाई ध्यानमा राख्दै दिइएको राजीनामा राष्ट्रपति पौडेलले सोही दिन स्वीकृत गरेका थिए।

२७ भाद्र २०८२, शुक्रबार १९:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा