Play

नयाँ सरकार गठनको लागि पुर्ब प्रधानन्यायाधिश कार्कीसहितको टोलि राष्ट्रपति निवासमा

गुरुकुल खबर


पोखरा, नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्की सहितको टोली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेको छ। कार्कीसंगै जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको स्रोतको भनाई छ ।

कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने विषयमा सहमति जुटेको भएपनि संसद् विघटनका विषयमा सहमति जुट्न नसकेको कारण प्रधानमन्त्री नियुक्त हुन सकेको छैन। दुवै पक्ष आ–आफ्नो अडानमा रहिरहेको कारण ढिलाई भैरहेको श्रोतले जनाएको छ। श्रोतका अनुसार अबको केहि समयमा निर्णय नभएमा सनिबार मात्र अर्को चरणको छलफल हुनेछ।

यस अगाडी सेनापतिले जेनजी नामका बिभिन्न समुहसंग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा राष्ट्रपतिलाई ब्रिफिङ गरेका थिए । शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएको कारण हाल राष्ट्रपति पौडेल सुरक्षित स्थानमा बसेको छन् ।

यसैगरी राष्ट्रपति पौडेलले बिहिबार नै बिज्ञप्ती जारी गरि वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सबै पक्षको सहयोगको लागि अपिल गरेका थिए । उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका थिए।

राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताउंदै आएका छन ।

२७ भाद्र २०८२, शुक्रबार १८:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा