पाेखरा, जेनजी पुस्ताको नाममा देशभर भएको प्रदर्शनका क्रममा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ। पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ रहेकोमा त्यसपछि भएको दोहोरो झडपमा वा बिभिन्न घटनामा परेर मृत्यु हुनेको संख्या ५१ पुगेको नेपाल प्रहरीले जनाएको छ ।
बिभिन्न कारागारहरुबाट कैदीबन्दि भाग्ने क्रममा भएका घटनामा परेर ९ जना कैदीको मृत्यु भएको छ । यसैगरी प्रहरी सुरक्षाकर्मी ३ जना र एक भारतीय महिला समेतको यहि आन्दोलनका क्रममा मृत्यु भएको बुझिएको छ। कतिपय स्थानमा आन्दोलनकारीहरुले तोडफोड र आगजनी गर्दा पनि सर्बसाधारणको मृत्यु भएको छ ।
बाल सुधार गृहमा रहेका ५ जनाको साथै अन्य तीनजना प्रहरी जलेको अबस्थामा मृत भेटिएको प्रहरीले बताएको छ । पोखरामा पनि ब्यबसायी ध्रुब थापाको नयाँबजार स्थित ब्यबसायिक भवन र उनका दाजु बिन्दुकुमार थापाको लेकसाइड स्थित ब्यबसायिक भवनमा आन्दोलनकारीले आगजनी गरेपछि भोलिपल्ट एक/ एकजना गरि दुईजना महिलाको शब भेटिएको थियो ।
आन्दोलनमा भएको प्रदर्शनको क्रममा र बिभिन्न सरकारी एबम निजि सम्पतिको तोडफोद लुटपाट र आगजनी गर्ने क्रममा पनि कतिपय आन्दोलनकारीहरु घाइते भएको छन घाइते मध्ये कतिपयको अबस्था गम्भीर रहेको छ।
धरानको भाटभटेनीमा आगजनी र लुटपाटमा संलग्न चारजनाको जलेर मृत्यु
यसैगरी, धरानस्थित भाटभटेनी सुपर मार्केटमा भदौ २४ गते भएको आगजनी र लुटपाटमा संलग्न चारजनाको जलेर मृत्यु भएको पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार उनीहरू आगजनी र चोरीका लागि भित्र पसेका थिए।
प्रहरीका अनुसार मृतकहरूको शव खरानीजस्तै अवस्थामा फेला परेको छ र शरीरका केही अङ्ग मात्र उद्धार गर्न सकिएको छ। आन्दोलनका क्रममा केही व्यक्तिहरूले बन्द रहेको भाटभटेनीको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए। आगो तीव्र गतिमा फैलिँदा उनीहरू भित्रै फसेर जलेका थिए।

वडा प्रहरी कार्यालय धरानका प्रमुख रुद्रबहादुर खड्काले दिएको जानकारी अनुसार तीन जनाको शव चौथो तलामा र एक जनाको शव दोस्रो तलामा भेटिएको हो। यसअघि शुक्रबार बिहान दोस्रो तलामा एक जनाको जलेको शव भेटिएको थियो भने दिउँसो चौथो तलामा थप तीन जनाको शव फेला परेको हो। मृतकहरूको पहिचान भने खुल्न बाँकी छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। आगजनीका कारण करोडौँ मूल्य बराबरको सामान जलेर नष्ट भएको र लाखौँ मुल्यका सामान चोरेर लागिएको छ।
मृतकहरु मध्ये ४१ जनाको सनाखत
फोटो – रातोपाटी















