पोखरा, जेनजी पुस्ताको नाममा यहि भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएको झडपमा परि मृत्यु हुने सर्बसाधारण एबम सुरक्षाकर्मीहरुको सङ्ख्या ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदर्शनमा घाइते भएर विभिन्न अस्पतालमा उपचाररत दुई जनाको बिहीबार मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३६ पुगेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म कुल १ हजार ७७० जना घाइते भएका छन् । तीमध्ये १ हजार ३३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन भने ३२२ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
त्यसमध्ये ७२ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुने र घाइते हुनेहरुको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको छ । आन्दोलनका क्रममा दर्जनौँ सर्वसाधारण अझै गम्भीर अवस्थामा उपचाररत छन् । प्रदर्शनको क्रममा प्रहरीको गोलि लागेर तथा झडपमा परेर सर्बसाधारण र सुरक्षाकर्मीहरुको मृत्यु भएको हो ।















