पोखरा, नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा. शशांक कोइरालाले हाल मुलुकमा चलेको जेनजी आन्दोलन र त्यसपछिको उत्पन्न अबस्थाको शान्तिपूर्ण समाधान निकाल्न संवैधानिक मार्ग अपनाउनुपर्ने सुझाब दिएका छन । जेनजीको न्यायोचित मागहरु वर्तमान संविधानभित्रै रहेर समाधान गर्न सकिनेमा कोइरालाले विश्वास ब्यक्त गरेका छन ।
कांग्रेस नेता कोइरालाले बिहिबार जारी गरेको एक बिज्ञप्तीमा भ्रष्टाचार र बेथितिको विरोधमा उठेका जेनजी युवाहरूको आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको समेत जनाउंदै संवैधानिक र लोकतान्त्रिक मार्गबाट मात्रै मुलुकलाई निकास दिन सकिने उल्लेख गरेका छन कोईरालाले पछिल्लो परिस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलको पहलको प्रशंसा पनि गरेका छन् । वक्तव्यमा उनले भनेका छन् ‘सहमति, सहकार्य र एकता’ कायम गरी अघि बढ्न जेनजी युवासहित सबै पक्षलाई अपिल गर्दछु ।
भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कोइरालाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेता, कार्यकर्ता, आन्दोलनकारी र सुरक्षाकर्मीमाथि भएको आक्रमणको पनि निन्दा गरेका छन् । पार्टी सभापति देउवा सहित सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दै कोईरालाले मुलुकमा देखिएको राजनीतिक रिक्तता तत्काल भरीनुपर्नेमा जोड दिएका छन् ।
बक्तब्यको पूर्ण पाठ ..
















