पोखरा, जेनजी समूहको आन्दोलनले मंगलवार पोखरा क्षेत्र तनाबग्रस्त भएकोमा बुधबार पोखराको जनजिबन सामान्य बन्ने क्रममा छ ।
सडकमा सर्बसाधारणको चहलपहल बढ्न थालेको छ।
अधिकांश सर्बसाधारण काम बिशेषले भन्दा पनि मंगलवार दिउसो र रातभर पोखराका बिभिन्न संरचनामा भएको आगलागी र तोडफोडको दृश्य हेर्न घुमिरहेका छन।
नेपाली सेनाले पोखराको बिभिन्न स्थानमा पुगेर स्थिति आफ्नो नियन्त्रणमा लिने प्रयासलाई जारी राखेको छ । मंगलवार तोडफोड र आगजनी गरिएका कार्यालयहरुमा बलिरहेको आगो निभाउने, सरसफाई गर्ने र सामान्य बनाउने प्रयासमा नेपाली सेना देखिएको छ शहरका बिभिन्न स्थानमा अनाबश्यक भिडभाड नगर्न भन्दै माइकिंग गरिरहेको छ ।
नेपाली सेनाले पोखरा महानगरपालिकाको कार्यालय लगायतका कार्यालयमा पुगेर रातभर लागेको आगो नियन्त्रण गर्ने र सफाइ गर्ने प्रक्रिया बुधबार बिहान ८ बजेबाट शुरुवात गरेको छ । अन्य कार्यालयमा पनि सेनाको टोलि पुग्ने थप क्षती हुन नदिन आगो नियन्त्रणमा लिने काम शुरु गरेको छ ।
मंगलबार पोखरामा बिभिन्न व्यक्ति र ब्यबसायिक प्रतिष्ठानसंगै बिभिन्न सरकारी कार्यालय र पोखरा महानगरपालिकाको कार्यालय सहित महानगर अन्तर्गतका वडा कार्यालयहरु निशाना बनाइए। कतिपय ब्यबसायिक प्रतिष्ठान र सरकारी कार्यालयको सामान बाहिर निकालेर जलाइयो भने कतिपय सामान आन्दोलनकारी आँफैले लिएर गए। पोखराको पृथ्वीचोकमा रहेको शहिद लखन थापाको शालिक ढालेर त्यहाँ पृथ्वीनारायण शाहको शालिक पुनस्थापन गरिएको छ ।
गुरुकुल खबरलाई प्राप्त जानकारी अनुसार मंगलबार पोखरामा आगजनी र तोडफोड गरिएका केहि निजि घर सरकारी कार्यालय एबम ब्यबसायिक प्रतिष्ठानहरु निम्नअनुसार रहेका छन। जसमध्ये अधिकांशमा आगजनी र केहीमा तोडफोड गरिएको छ। यसबाहेक अन्य कार्यालय, घर र ब्यबसायिक प्रतिष्ठानमा समेत आगजनी र तोडफोड भएपनि स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन
ब्यबसायिक प्रतिष्ठानहरु
- भाटभटेनि सुपर मार्केट नयाँसडक
- बतास भवन नयाँबजार
- पोखरा ट्रेडमल, चिप्लेढुंगा
- एनसेलको कार्यालय, सृजनाचोक फिर्के
- पोखरा इभेन्टस सेन्टर, बुलौदी
- बगैचा रिसोर्ट, लेकसाइड
- बरपिपल रिसोर्ट, लेकसाइड
- होटल सरोबर, लेकसाइड
- अन्शुभरा बिल्डिंग, लेकसाइड
- बेलुन नेपालको कार्यालय लेकसाइड
- सृजनाचोक फलफुल तथा तरकारी बजारको शटरहरु
- काठमाडौँ सिटि लेकसाइड
व्यक्तिगत घर / निवास
- पोखराका मेयर धनराज आचार्यको नयाँबजारस्थित घर
- गण्डकी प्रदेशका मन्त्री बिन्दुकुमार थापाको नयाँबजारस्थित घर
- ब्यबसायी ध्रुब थापा/ मिलन थापाको नयाँबजार स्थित घर
- गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीको माटेपानि स्थित घर
- नेकपा एमाले नेता राजिब पहारीको खहरे, लेकसाइड स्थित घर
- कांग्रेस नेता पुर्ब मन्त्री यज्ञबहादुर थापाको विजयपुरस्थित घर
सरकारी कार्यालयहरु
- जिल्ला प्रहरी कार्यालय कास्की
- प्रदेश प्रमुखको कार्यालय
- मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
- कास्की जिल्ला प्रशासन कार्यालय
- कास्की जिल्ला अदालत
- मालपोत कार्यालय कास्की
- लोकसेवा आयोगको कार्यालय कास्की
- गण्डकी प्रदेश सभा भवन नदीपुर
- यातायात ब्यबस्था कार्यालय पृथ्वीचोक
- शिक्षा बिकास तथा समन्वय ईकाई बगर
- शिक्षा बिकास निर्देशनालय, बगर
- उर्जा, जलश्रोत मन्त्रालय, गण्डकी प्रदेश द्यामसाइड
- नापी कार्यालय कास्की
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय र नजिकको कार्यालय
- पोखराको बिभिन्न स्थानमा रहेका प्रहरी चौकी र प्रहरी कार्यालयहरु
पोखरा महानगरपालिका कार्यालय न्युरोड र वडा कार्यालयहरु
- पोखरा महानगर कार्यपालिकाको कार्यालय नयाँसडक
- वडा कार्यालय १ बगर
- वडा कार्यालय २ बिन्ध्यबासिनी
- वडा कार्यालय ३ नदीपुर
- वडा कार्यालय ४ गणेशटोल
- वडा कार्यालय ५ मालेपाटन
- वडा कार्यालय ८ नयाँसडक
- वडा कार्यालय ११ फुलबारी
- वडा कार्यालय १२ माटेपानी
- वडा कार्यालय १३ बाँझापाटन
- वडा कार्यालय १५ रामबजार, कोलपाटन
- वडा कार्यालय २५ हेमजा सहित अन्य केहि वडा कार्यालयहरु
राजनीतिक दलका कार्यालयहरु
- नेपाली काँग्रेस कास्कीको कार्यालय,महेन्द्रपुल
- नेपाली काँग्रेस वडा कार्यसमितिको कार्यालय, वडा न. १५
- नेकपा एमाले गण्डकी प्रदेश कार्यालय नयाँबजार
- नेकपा एमाले कास्कीको कार्यालय शान्तिबन















