Play

काठमाडौँ, ललितपुर र भक्तपुरका बिभिन्न स्थानमा मंगलबार पनि कर्फ्यु

गुरुकुल खबर


पोखरा, जेनजीको नामबाट भएको सोमबारको प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई साम्य बनाउन भन्दै काठमाडौँ, ललितपुर र भक्तपुरका बिभिन्न स्थानमा कर्फ्यु लगाइएको छ। हालसम्म उक्त प्रदर्शन र त्यसपछि भएको झडपका कारण १८ जनाको मृत्यु भएको र ३ सय बढी घाइते भएको समाचार सार्बजनिक भैरहेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको जनाएको छ। काठमाडौँका प्रमुख जिल्ल अधिकारी छबिलाल रिजालको नामबाट जारी आदेशमा काठमाडौँको बिभिन्न स्थान तोकिएको छ।

यसैगरि जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०८८ को दफा ६ को बमोजिम मंगलबार बिहान ७ बजेदेखि राति १२ बजेसम्मका लागि ललितपुरका विभिन्न स्थानमा कर्फ्यू लगाइएको हो।

ललितपुर महानगर पालिका, वडा नं. २, ४, ५, १५ र २४ भित्रका क्षेत्रमा कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

वडा नं. ४, ५, १५ र २४ को भैंसेपाटी क्षेत्र, वडा नं‍. २ सानोपा स्थित इन्द्रायणी मार्ग आसपास क्षेत्र, वडा नं. १ को च्यासल क्षेत्रमा कर्फ्यु आदेश लागु हुने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

भक्तपुरमा बिहान ८ः३० बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको छ । अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय भक्तपुर एक सूचना जारी गर्दै जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरिएको जनाएको हो ।

२४ भाद्र २०८२, मंगलवार ०८:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा