Play

नैतिकताको कारण देखाउंदै गृहमन्त्री रमेश लेखकले दिए ‘राजिनामा’

गुरुकुल खबर


पोखरा, नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले आंफ्नो पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री लेखकले आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बुझाएको एक मन्त्रीले जानकारी दिए।

सोमबार जेनजी पुस्ताका युवाहरुको आह्वानमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि ठुलो संख्यामा मानिसहरुको मृत्यु भएको र थुप्रै घाइते भएको घटनालाई लिएर गृहमन्त्री लेखकले घटनाको नैतिक जिम्मेवारी आंफुले लिनुपर्ने बताउँदै राजीनामा दिएका हुन्।

सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएर हिंसात्मक बनेपछि हालसम्म १९ जनाले ज्यान गुमाइसकेको सार्बजनिक भैसकेको छ भने अन्य ठुलो संख्यामा घाइतेहरुको उपचार बिभिन्न अस्पतालहरुमा भैरहेको छ।

विद्यार्थी जीवनबाट नै राजनीतिक यात्रा सुरु गरेका लेखकले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा देखि नै विभिन्न आन्दोलनमा सक्रिय सहभागी भएका थिए। २०५१ सालमा नेपाली कांग्रेस पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका लेखकले विभिन्न तहमा पार्टीका जिम्मेवारीहरू निभाएका छन्। उनि केपी ओली नेतृत्वको सरकारमा गृह मन्त्री बनेको भएपनि यस अगाडी उनले अन्य बिभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

२३ भाद्र २०८२, सोमबार २०:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा