पोखरा, लेखनाथ उधोग बाणिज्य संघको निर्बाचनको मतगणना जारी छ । हालसम्म पदाधिकारीहरुको ५ सय मतगणना सकिएको छ ५ सय मत गणना हुँदा अध्यक्षमा जानुका पराजुली अधिकारी २९ मतले अगाडी परेकी छन जानुकाले ३ सय ६ मत र उनका प्रतिद्वन्दी राजेन्द्रले २ सय ७७ मत पाएका छन।
अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष र महासचिब लगायतको मत हेर्दा कडा प्रतिष्पर्धा देखिन्छ र कसले विजय प्राप्त गर्न सक्ला भन्ने सहजै अनुमान गर्न समेत कठिन छ। तर प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, उपमहासचिब, कोषाध्यक्ष लगायतका पदमा भने जानुकाको प्यानलका उमेद्वारहरुले अलि बढी मतको अन्तरले अग्रता लिईरहेका छन।
कार्यसमितिको सदस्यमा पनि जानुका प्यानलका अधिकांश उमेदवारहरुले अग्रता लिईरहेका छन हालसम्मको मतगणनालाइ हेर्दा जानुकाका समर्थकहरु अध्यक्षमा जानुकाकै जीत हुने विश्वासमा रहेको देखिन्छ भने राजेन्द्रका समर्थकहरु पनि अध्यक्षमा दुई अंकले मात्र पनि राजेन्द्रको जीत हुने आशा ब्यक्त गर्छन ।
कुल १ हजार ८८१ मत खसेको र हालसम्म ५ सय मात्र मतगणना भएको कुरालाई आधार मान्ने हो भने मतगणना सकिन राति अबेर हुने सम्भावना रहेको छ। मत गन्न अझै पनि १ हजार ३ सय भन्दा बढी मत रहेकोले अझैसम्म यसले नै बिजय प्राप्त गर्छ भनेर ढुक्कसंग भन्न सकिने अबस्था भने देखिन्दैन।

















