Play

लेखनाथ उबासंघमा मतगणना: जानुका प्यानलका पदाधिकारी सहित अधिकांशको अग्रता (मत विवरण सहित)

गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग बाणिज्य संघको निर्बाचनको मतगणना जारी छ। बिहान ८ बजेबाट मतगणना शुरु गर्ने भनिएपनि हालसम्म प्राप्त १ सय १ मत गणनाको परिणाम अनुसार कार्यसमितिको सदस्यहरुले यस प्रकारको मत प्राप्त गरेका छन । जसअनुसार जानुका प्यानलका सदस्यका अधिकांश उमेदवारहरुले अग्रता लिएका छन । राजेन्द्र प्यानलका कृष्णप्रसाद सुबेदीले ५१ मत पाएर अग्रता लिएको भएपनि अन्य सबै सदस्यका उमेदवारहरु अहिले सम्जामको गणनामा पछाडी परेका छन। जानुका प्यानलका कृष्णप्रसाद तिमिल्सिना एकजनाले मात्र ४३ मत पाएर पछाडी परेका छन।

हालसम्म पदाधिकारी तर्फको १ सय मत गणना गर्दा अध्यक्षका उमेदवार जानुकाले ५७ र राजेन्द्रले ४०  प्राप्त गरेका छन भने बरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोलाले ५४ र उपेन्द्रराज सुबेदीले ४२ मत पाएका छन। यसैगरी प्रथम उपाध्यक्षमा बिक्रम कर्माचार्यले ५९ र मेनुका श्रेष्ठले ३७ मत पाएकी छन द्वितीय उपाध्यक्षका उमेद्वार धिरज श्रेष्ठले ३४ र ध्रुबराज भट्टराई आइडीले ६१ मत तथा महासचिबका उमेद्वार भरतराज ओझाले ५३ र जिबन तिवारीले ४४ मत प्राप्त गरेको बुझिएको छ ।

जानुका प्यानलका पदाधिकारीहरुले पाएको मत यसप्रकार रहेको छ 

  • अध्यक्ष : जानुका अधिकारी पराजुली   ५७
  • वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र वास्तोला    ५४
  • प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य       ५९
  • द्वितीय उपाध्यक्ष : ध्रुबबाबु भट्टराई       ६१
  • महासचिव : भरतराज ओझा                ५३
  • उपमहासचिव : गंगा कुमारी मल्ल        ५३
  • कोषाध्यक्ष : हरि वस्ताकोटी                  ५६

राजेन्द्र प्यानलका पदाधिकारीहरुले प्राप्त गरेको मत यस प्रकार रहेको छ 

  • अध्यक्ष : राजेन्द्र ओझा                   ४०
  • वरिष्ठ उपाध्यक्ष : उपेन्द्रराज सुवेदी ४२
  • प्रथम उपाध्यक्ष : मेनुका श्रेष्ठ          ३७
  • द्वितीय उपाध्यक्ष : धिरजकुमार श्रेष्ठ ३४
  • महासचिव : जिवन तिवारी             ४४
  • उपमहासचिव : लक्ष्मीप्रसाद ढुगाना ४५
  • कोषाध्यक्ष : टिकाराम सापकोटा     ४२

जानुका प्यानलका सदस्यका उमेदवारको मत यस प्रकार रहेको छ

  • भविन्द्र पुन (भविन)       ४८
  • बीरेन्द्रराज भुर्तेल          ५१
  • दिपक अधिकारी           ५०
  • कृष्णप्रसाद तिमिल्सिना  ४३
  • प्रतिक्षा रानाभाट            ५४
  • प्रभा कुमारी पौडेल लामिछाने ४९
  • सन्दिप बुढाथोकी             ५५
  • सुजन न्यौपान                  ५६

राजेन्द्र प्यानलका सदस्यका उमेदवारको मत यस प्रकार रहेको छ।

  • भीमप्रसाद सुवेदी (सन्तोष)  २७
  • घनश्याम ढुंगाना                 ३५
  • किशोर अधिकारी               ३९
  • कृष्णप्रसाद सुवेदी              ५१
  • नवराज पौडेल                    ४३
  • सन्तोष हमाल                     २१
  • शिवराज अधिकारी             ३८
  • सुरेन्द्र गुरुङ                       ३१

मतगणनाको परिणाम यहि अनुसार रहेमा जानुका प्यानलका अधिकांश उमेद्वारहरुले बिजय प्राप्त गर्न सक्ने सम्भावना देखिएको छ

२२ भाद्र २०८२, आईतवार ११:२८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा