Play

लेखनाथ उबासंघको निर्बाचन: १ हजार ८८१ मत खस्यो, मतगणना कार्य आइतबार बिहान शुरु हुने

गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग वाणिज्य संघको नयाँ नेतृत्व सहितको कार्यसमिति चयनका लागि सम्पन्न मतदानमा १ हजार ८ सय ८१ मत खसेको छ। बिहान सात बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । लेखनाथ उद्योग बाणिज्य संघको यसपटकको निर्बाचनमा २ हजार १९  मतदाता रहेकोमा १ हजार ८ सय ८१ मत खसेको छ । एसोसिएट सदस्यमा भने ५० जना मतदाता रहेकोमा ४८ मत खसेको छ।

मतदान कार्यक्रम सकिएपनि मतगणना भने आइतबार बिहान ८ बजेबाट शुरु गरिने बताइएको छ । कार्यसमितिका पदाधिकारीहरुको मत एक ठाउँमा र सदस्यहरुको मत अर्को ठाउँ गरि दुई स्थानमा मतगणना हुने भएको निर्बाचन सिमितिका प्रमुख बरिष्ठ अधिबक्ता खगेन्द्र आचार्यले गुरुकुल खबरलाई जानकारी दिए ।

मतगणनाको अन्तिम परिणाम आइतबार बेलुका मात्र सार्बजनिक हुने अनुमान गरिएको छ । मतगणना कार्य बिहान शुरु भएपनि १ घण्टा भन्दा बढी लाग्ने अनुमान गरिएकोले अन्तिम परिणाम आइतबार बेलुका मात्र सार्बजनिक हुने अनुमान गरिएको हो । अध्यक्षमा बिजयी हुन कम्तिमा ८ सय ४० मत पाउनुपर्ने भएको छ ।

संघको १९ सदस्यीय कार्यसमितिको बिभिन्न पदमा निर्बाचित हुनको लागि दुईवटा छुट्टाछुट्टै प्यानलबाट ३७ जना उमेद्वारहरु चुनाबी प्रतिष्पर्धामा उत्रिएका थिए। संस्थागत तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सदस्य बिरभद्र कंडेल भने निर्बिरोध निर्बाचित भैसकेको छन ।

आगामी कार्यकालको लागि संघको अध्यक्ष बन्ने दौडमा वर्तमान वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र वर्तमान महासचिव जानुका पराजुली अधिकारी प्यानल सहित चुनाबी मैदानमा उत्रिएका थिए। लेखनाथ उद्योग बाणिज्य संघको राजनीतिमा समकालीन मानिएका राजेन्द्र र जानुका दुबैले यस अगाडी सदस्य र कोषाध्यक्ष बनेर काम गरिसकेका छन। त्यसपछिको कार्यकालमा राजेन्द्रले एकैपटक उपाध्यक्ष बन्ने अवसर प्राप्त गरेर बरिष्ठ उपाध्यक्ष बन्न पुगेका थिए भने जानुकाले उपमहासचिब हुँदै महासचिबको जिम्मेवारी निर्बाह गरेकी हुन ।

 मतदान कार्य सकिएपछि अध्यक्षका प्रत्यासी राजेन्द्र ओझा र जानुका पराजुलीको हाँसो ————    ( तस्बिर- एलिसा केसी ) 

संघको कार्यसमितिको निर्बाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको रुपमा वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्यलाई जिम्मेवारी दिईएको छ भने  निर्वाचन मण्डलको सदस्यमा हरी त्रिपाठी र राजेश भटटाईलाई राखिएको छ ।

राजेन्द्र र जानुकाको प्यानलमा रहेका उमेदवारहरुको नामावली यस प्रकार रहेको छ।

जानुका पराजुली अधिकारीको प्यानल 

  • अध्यक्ष : जानुका अधिकारी पराजुली
  • वरिष्ठ उपाध्यक्ष : गोपिचन्द्र वास्तोला
  • प्रथम उपाध्यक्ष : विक्रम कर्माचार्य
  • द्वितीय उपाध्यक्ष : ध्रुबबाबु भट्टराई (आई.डी.)
  • महासचिव : भरतराज ओझा
  • उपमहासचिव : गंगा कुमारी मल्ल
  • कोषाध्यक्ष : हरि वस्ताकोटी
  • महिला सदस्य
  • सर्मिला श्रेष्ठ
  • गंगा सापकोटा परियार
  • खुला कार्यसमिति सदस्य
  • भविन्द्र पुन (भविन)
  • बीरेन्द्रराज भुर्तेल
  • दिपक अधिकारी
  • कृष्णप्रसाद तिमिल्सिना
  • प्रतिक्षा रानाभाट
  • प्रभा कुमारी पौडेल लामिछाने
  • सन्दिप बुढाथोकी
  • सुजन न्यौपान
  • एशोशियट सदस्य
  • दयाराज भण्डारी

राजेन्द्र ओझाको  प्यानल 

  • अध्यक्ष : राजेन्द्र ओझा
  • वरिष्ठ उपाध्यक्ष : उपेन्द्रराज सुवेदी (राजु)
  • प्रथम उपाध्यक्ष : मेनुका श्रेष्ठ
  • द्वितीय उपाध्यक्ष : धिरजकुमार श्रेष्ठ
  • महासचिव : जिवन तिवारी
  • उपमहासचिव : लक्ष्मीप्रसाद ढुगाना (एल.पी.)
  • कोषाध्यक्ष : टिकाराम सापकोटा
  • महिला सदस्य
  • सपना सुवेदी
  • लक्ष्मी ठाकुर (सुनार)
  • खुला कार्यसमिति सदस्य
  • भीमप्रसाद सुवेदी (सन्तोष)
  • घनश्याम ढुंगाना
  • किशोर अधिकारी
  • कृष्णप्रसाद सुवेदी
  • नवराज पौडेल
  • सन्तोष हमाल
  • शिवराज अधिकारी
  • सुरेन्द्र गुरुङ
  • एशोशियट सदस्य
  • प्रवेश बञ्जरा

२१ भाद्र २०८२, शनिबार २१:३५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा