Play

सहारा खेलकुद पत्रकारिता पुरस्कार पाठकलाई र उत्कृष्ट सदस्य सम्मान गुरुङलाई दिईने

गुरुकुल खबर


पोखरा, पोखराको प्रतिष्ठित सहारा क्लबले हरेक वर्ष प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पोखराका पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसको आधारमा पाठकलाई उक्त पुरस्कार दिने निर्णय गरिएको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने एकजना पत्रकारलाई बर्सेनी २५ हजार ५ सय ५५ रुपैया राशिको पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रतिभा छनोट समितिमा क्लबका सल्लाहकार दीपेन्द्र श्रेष्ठ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष मिलन गुरुङ, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधवप्रसाद बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एमबी आस्था,  सहारा क्लबका अध्यक्ष केशवराज बराल, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र महासचिव रामजीप्रसाद अधिकारी सदस्य रहेका थिए ।

पत्रकार पाठकले बिगत तिन दशकदेखि पोखरामा रहेर खेलकुद पत्रकारिता विधामा क्रियाशील छन् । पोखरा स्पोर्टस् डटकमका सम्पादक पाठक प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान बोर्ड सदस्य, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका संस्थापक अध्यक्ष, गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष समेत हुन् । उनले बिभिन्न पुरस्कार र सम्मान समेत प्राप्त गरिसकेका छन ।

यसैगरी क्लबले सहारा उत्कृष्ट सदस्य सम्मानबाट नेहा गुरुङलाई सम्मान गर्ने निर्णय गरेको छ । पोखरा- १७ निवासी गुरुङ दशबर्ष अगाडी जुनियर सदस्यका रुपमा क्लबमा प्रवेश गरेकी थिइन् । अहिले उनी सिनियर सदस्य छन् ।

संस्थाको २७ औं वार्षिक साधारणसभा तथा १४ औं अधिवेशन अवसरमा यही भदौ ३० गते पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा हुने समारोहमा  उनीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिने कार्यक्रम रहेको छ।

२१ भाद्र २०८२, शनिबार १९:५७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा