Play

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा लक्ष्मीचन्द्र महत नियुक्त

गुरुकुल खबर


जुम्ला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रिक्त रजिष्ट्रार पदमा चन्दननाथ नगरपालिका, जुम्ला निवासी लक्ष्मीचन्द्र महत नियुक्त भएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिष्ठान ऐन २०६८ तथा मन्त्रालय मातहतका निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ बमोजिम प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकायाले गरेको सिफारिसका आधारमा महतलाई नियुक्ति दिएका हुन्।

नवानियुक्त रजिस्ट्रार महत कर्णालीको बौद्धिक, शालीन र अनुभवी व्यक्तिका रूपमा परिचित छन्। हाल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि अध्ययनरत महतको शोधकार्य जनस्वास्थ्यसँग सम्बन्धित छ। उनले २०७७ सालदेखि घरायसी खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा र त्यसको पानीजन्य रोगसँगको सम्बन्ध विषयमा अनुसन्धान गरिरहेका छन्।

उनले २०५७ सालमा स्नातकोत्तर तथा २०६९ सालमा एमफिल पूरा गरेका छन्। विगत साढे दुई दशकदेखि नेपाल सरकारका विभिन्न द्विपक्षीय तथा बहुपक्षीय परियोजना र कार्यक्रममा व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका महत पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्रसंघ र यूएसएडका परियोजनामा क्षमता विकास तथा प्रशिक्षण विशेषज्ञको रूपमा कार्यरत थिए।

नीति अनुसन्धान, परियोजना व्यवस्थापन र संस्थागत क्षमता विकासका क्षेत्रमा विशेष दक्षता हासिल गरेका महतको अनुभव र नेतृत्वले प्रतिष्ठानलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको जुमलाका अग्रज संचारकर्मी गोरख थापाले जानकारी दिएका छन ।

१९ भाद्र २०८२, बिहीबार २१:५८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा