पोखरा, समुदायिक रेडियो प्रसारक संघ गण्डकी प्रदेश समितिका सचिब एबम प्रेस चौतारी नेपाल कास्की शाखाका अध्यक्ष मोतिसागर अधिकारीलाई मातृशोक परेको छ ।
पश्चिम पोखरा एफएमका स्टेसन मेनेजर तथा रेदिअकर्मी मोतिसागरकी आमा छलि अधिकारीको ६९ वर्षको उमेरमा भदौ ९ गत्ते सोमबार निधन भएको थियो ।
पोखरा–२५, हेम्जास्थित सुइखेतस्थित घरमा बस्दै आएकी अधिकारी जेठो छोरा मोतिसागर अधिकारीको पोखरा -१४ चाउथेस्थित घरमा बस्न गएको बेला अचानक बिरामी परेको र अस्पतालमा उपचारको लागि लागिएको भएपनि डाक्टरले मृत घोषणा गरेको बुझिएको छ ।
स्व. अधिकारीका दुई छोरा मोतिसागर अधिकारी र ओमनाथ अधिकारी एबम तीनजना बुहारी सहित नाति नातिना रहेका छन।
स्व. छली अधिकारी प्रति श्रद्दान्जली प्रकट गर्न तथा उनको परिवारलाई समबेदना प्रकट गर्न नेकपा एमाले लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु एबम बिभिन्न मिडियाका संचालक एबम संचारकर्मीहरु उनको निवास हेम्जा सुंईखेतमा पुग्ने क्रम जारी छ।
यसैक्रममा सोमबार नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य एबम सामुदायिक रेडियो प्रसारक संघ गण्डकीका सल्लाहकार गंगाधर पराजुली, नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य राजबहादुर गुरुङ, नेपाल प्रेस युनियन कास्कीका पुर्ब अध्यक्ष शिरोमणी बराल र नेपाल प्रेस युनियन गण्डकीका अध्यक्ष टकराज अधिकारी लगायतका संचारकर्मीहरु र आइतबार नेपाल पत्रकार महासंघ कास्कीको टोलि अधिकारीको निवास पुगेको बरालले जानकारी दिए ।















