Play

लक्ष्मी विधापदकबाट तीनजना बिधार्थी र आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी आरजु सम्मानित

गुरुकुल खबर


पोखरा,  नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा उद्योग वाणिज्य संघले सञ्चालन गर्दै आएको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका बीच तीन जना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ ।

संघको ७१औँ साधारण सभाको उद्घाटन सत्रमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको हो । व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तह (एमबीएस) र स्नातक तह (बीबीए तथा बीबीएस) मा सर्वाधिक अंक ल्याएर उत्तीर्ण हुनेलाई यो पदक दिइँदै आएको छ।

यस वर्षको लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वीनारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला ग्राण्डी इन्टरनेशनल कलेज) र बीबीएसतर्फ विजय सुवेदी (पृथ्वी नारायण क्याम्पस) सम्मानित भएका छन् । पदकसँगै स्नातकोत्तर विद्यार्थीलाई रु. २५ हजार र स्नातक विद्यार्थीलाई रु. १५ हजार नगद पुरस्कार दिइएको छ ।

उक्त पुरस्कार सहितको ताम्रपत्र, दोसल्ला र मालासहितको सम्मान नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ सहित पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का निर्देशक सुनिल श्रेष्ठले प्रदान गरेका थिए।

सम्मान प्राप्त गरेपछि बोल्दै बिद्यार्थी दीपा तिवारीले यो पदकले आफूलाई जीवनमा थप उर्जा र प्रेरणा दिएको भन्दै पुरस्कारका दाता लक्ष्मी ग्रुप, पोखरा उद्योग वाणिज्य संघ र आफ्ना प्राध्यापकहरूप्रति आभार प्रकट गरिन् । तिमीलाई जानकारीका लागि, हालसम्म ७३ जना विद्यार्थी यो पदकबाट सम्मानित भइसकेका छन् ।

सन् १९९८ मा ‘पोखरेली नवरत्न’ सम्मान बापत प्राप्त गरेको रकममा केहि रकम थप गरेर पोखराका उद्योगी बुद्धि बहादुर श्रेष्ठले अक्षयकोष स्थापना गरेका थिए त्यसपछिका दिनमा यो पदक वितरण कार्यक्रम नियमित रुपमा संचालन भैरहेको छ।

 आर्थिक पत्रकारिता पुरस्कार आरजु बिष्टलाई

संघको साधारण सभाको अवसरमा पोखरा उद्योग बाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट पत्रकार मोहनकुमार (आरजु) विष्ट सम्मानित भएका छन् । समारोहमा प्रमुख अतिथि नेपाल उधोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले उनलाई नगद रु. २५ हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरेका छन ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय विष्ट सन् २००१ (२०५८ साल) देखि रेडियो अन्नपूर्णमा निरन्तर कार्यरत छन् । हाल सफलन्यूज डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध उनी आर्थिक, पर्यटन, सामाजिक र साहित्यिक पत्रकारितामा सक्रिय हुँदै आएका छन् ।

२०७२ सालदेखि सुरु गरिएको यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान हुँदै आएको हो । संघका पूर्व अध्यक्ष नारायण कोइरालाका अनुसार हालसम्म पाँच जना पत्रकार यसबाट सम्मानित भइसकेका छन् ।

यसैगरी, संघको साधारण सभामा कपडा व्यवसायी संघलाई उत्कृष्ट बस्तुगत संघको रुपमा सम्मान गरिएको थियो । वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।

१५ भाद्र २०८२, आईतवार ००:३२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा