Play

लेखनाथ उबासंघ : महिलालाई नेतृत्वमा स्थापित गर्न महिला सदस्यहरुको भेला, जानुकाको प्यानल उत्साहित

महिला नेतृत्व स्थापित गरि संघको आवाज राष्ट्रिय एबम अन्तराष्ट्रिय स्तरमा लैजाने उद्घोष


गुरुकुल खबर


पोखरा, लेखनाथ उद्योग वाणिज्य संघको निर्बाचन नजिकिंदै जाँदा संघका सदस्यहरुलाइ समेत चुनाबी माहौलले तताउन थालेको छ। यसै क्रममा जानुका पराजुली अधिकारीले नेतृत्व गरेको प्यानलका उमेदवारहरुलाई जिताउनको लागि संघका महिला सदस्यहरुको विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । भेलामा महिला ब्यबसायीहरु सहित जानुका प्यानलका उमेदवारहरुको सहभागिता रहेको थियो ।

जानुका पराजुली जिताऊ टिमको आयोजनामा बेगनासताल चोकमा भएको उक्त कार्यक्रममा संघका महिला सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । महिला सदस्यहरुको भेलामा सहभागी महिला सदस्य एबम अन्य व्यक्तित्व र संघका पूर्व अध्यक्षहरुको उपस्थितिं, सक्रियता र समर्थनका कारण जानुकाको प्यानलमा रहेका उमेदवारहरु उत्साहित बनेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघमा संस्थापक सदस्य रहेर महत्वपुर्ण योगदान पुर्याएको भन्दै अग्रज महिला नेतृ बिन्दु सुवेदी र संघमा लामो समय कार्यसमितिमा रहेर योगदान गरेको भन्दै गीता सुबेदीलाई सम्मान समेत गरिएको थियो ।

भेलाको उद्घाटन समेत संघकी संस्थापक सदस्य एबम  अग्राज महिला नेतृ बिन्दु सुवेदीले गरेकी थिईन। उनले बिरुवामा पानि राखेर कार्यक्रमको उद्घाटन गर्दै महिलारुपी बिरुवालाई संघको अध्यक्षसहित अन्य जिम्मेवारीमा पुर्याउन सबै महिलाहरु सक्रिय हुन् आग्रह गरिन।

पहिलो पटक लेखनाथ उद्योग बाणिज्य संघको नेतृत्वमा महिलालाई पुर्याउने अवसर सम्पूर्ण महिलाहरु सामु आएको भन्दै उनले यो अवसर गुम्न नदिन सबै गम्भीर बन्न समेत आग्रह गरिन । उनले भेलामा देखिएको महिलाहरुको सक्रिय उपस्थितिले संघको सशक्तिकरण र आगामी नेतृत्वमा महिला पुग्ने अबस्था देखिएको बताइन ।

संघका संस्थापक अध्यक्ष एबम पोखराका प्रतिष्ठित ब्यबसायी चन्द्रकृष्ण कर्माचार्यले लेखनाथ उद्योग वाणिज्य संघको स्थापनाकाल देखि नै सदस्य महिलाहरूको योगदान उल्लेखनीय रहेको भन्दै यसपटक महिला नेतृत्वलाई बिजयी गराएर संघलाई थप सबल र सक्षम बनाउनुपर्नेमा जोड दिए । संस्थापक अध्यक्ष कर्माचार्यले संघका अधिकांश पुर्ब अध्यक्ष सहित महिला सदस्यहरु र ब्यबसायीहरुले महिलाको नेतृत्व परिक्षण गर्न चाहेको भन्ने आवाज सबैतिर सुनिन थालेको बताए।

संघका पूर्व अध्यक्ष बाबुराम गिरीले संघको २९ बर्षको इतिहासमा महिला नेतृत्व स्थापित गरेर निजि क्षेत्रमा महिलाको क्षमता, इमान्दारिता र पारदर्शिता प्रदर्शन गर्न तथा लैङ्गिक समानता कायम गर्न पनि महिला नेतृत्वको टिमलाई विजयी बनाउनुपर्नेमा जोड दिए ।

संघका अर्का पूर्व अध्यक्ष सुमन भट्टराईले लेखनाथ महोत्सवलाई सफल बनाउन महिला दिदीबहिनीको योगदान महत्त्वपूर्ण रहेको स्मरण गर्दै महिलाहरुले सहयोग गर्ने मात्र नभएर आँफै पनि शसक्त बन्न र उद्योग बाणिज्य संघमा जानुका पराजुली अध्यक्ष रहेको महिला सहितको टिमलाई विजयी गराउन आह्वान गरे ।

संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेयले जानुका पराजुलीलाई लेखनाथ उद्योग बाणिज्य संघको नेतृत्वमा लैजानुपर्नेमा जोड दिंदै महिला नेतृत्व मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लेखनाथ उद्योग बाणिज्य संघको आवाज पुर्याउन सकिने विश्वास व्यक्त गरे ।

त्यस अवसरमा अध्यक्ष पदका उमेद्वार रहेकी संघको बर्तमान महासचिब जानुका पराजुली अधिकारीले नयाँ सम्भावना, नयाँ सोच र लैङ्गिक समानताका आधारमा महिलाको सक्रिय सहभागिता संघको सशक्तिकरण र आगामी नेतृत्व निर्माणमा निर्णायक हुने बताइन। उनले आफ्नो प्यानलका सबै साथीहरु लेखनाथ उद्योग बाणिज्य संघलाई मात्र नभएर समग्र लेखनाथ क्षेत्रको बिकासको अभियान संचालन गर्न सक्षम् रहेको जानकारी दिईन। उनले लेखनाथ क्षेत्रका सबै महिलाहरुले महिला सहभगिता बढी रहेको आफ्नो प्यानलका उमेदवारलाई बिजयी गराउन समेत आग्रह गरिन ।

अध्यक्षका उमेदवार जानुकाले गरेका बिभिन्न कामहरु समेटिएको श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको उक्त कार्यक्रममा महिला नेतृ एबम होटल तथा ब्यबसायी  शान्ति खनाल र विमला बस्नेत, उपमहासचिबका उमेदवार गङ्गा मल्ल लगायतले लेखनाथ उद्योग बाणिज्य संघमा महिलाको नेतृत्व र आगामी रणनीतिबारे आआफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा संघको सदस्य पदका उमेद्वारहरु एबम हालको कार्यसमितिका सदस्यहरु प्रभा पौडेल लामिछाने र प्रतिक्षा रानाभाटको साथै महिला सदस्यको उमेदवार शर्मिला श्रेष्ठले संघमा महिलाहरुको योगदान महत्वपुर्ण रहेको भएपनि नेतृत्वमा पुग्न नपाएको भन्दै यस पटक महिलालाई नेतृत्वमा स्थापित गर्ने र संघलाई बिधिसम्मत ढंगले संचालन गर्दै थप शसक्त बनाउने आँफुहरुको योजना सफल बन्ने बिश्वास ब्यक्त गरे ।

जानुका अधिकारीले नेतृत्व गरेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्धितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडि), महासचिवमा भरतराज ओझा, उप–महासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उमेदवारी दर्ता गराएका छन।

जानुकाको प्यानलबाट  कार्यसमितिको खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उमेदवारी दर्ता गराएका छन ।

जानुकाको प्यानलबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उमेदवारी परेको छ ।

१४ भाद्र २०८२, शनिबार २०:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा