Play

लेखनाथ उबासंघको चुनाब: एक सदस्य निर्बिरोध, १८ पदका लागि ३६ जनाको उमेदवारी दर्ता (नामावली सहित)

अध्यक्षका प्रतिष्पर्धी जानुका र राजेन्द्र दुवै लेखनाथ उबासंघभित्रका समकालीन, अध्यक्षमा महिलाको उमेदवारीले चासो र चर्चा बढी


गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका अन्तर्गत लेखनाथ क्षेत्रका उद्योगी ब्यबसायीहरुको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिबेशनबाट नयाँ कार्यसमितिमा निर्बाचित हुनको लागि शुक्रबार कार्यसमितिको अध्यक्ष, पदाधिकारी र सदस्य पदमा उमेदवारी दर्ता गरिएको छ । संघको १९ सदस्यीय कार्यसमितिको लागि एक जना सदस्य निर्बिरोध भएपनि बाँकी १८ पदको लागि हुने निर्बाचनमा ३६ जनाले उमेदवारी दर्ता गराएका छन ।

लेखनाथ उद्योग बाणिज्य संघको २९ औं साधारण सभा तथा १५ औं अधिबेशन यहि भदौ २० र २१ गते हुँदैछ । संघको यसपटकको निर्बाचनमा २ हजार १८ मतदाता ब्यबसायीहरुले मतदान गर्न पाउने भएका छन। अघिल्लो पटकको भन्दा करिब ४ सय मतदाता यस पटक थप भएका छन।

अधिबेशनबाट निर्बाचित हुन दुई वटा प्यानलले सबै पदमा उमेद्वारी दर्ता गराएपनि संस्थागत सदस्यमा बिरभद्र कंडेल एक जनाको मात्र उमेदवारी परेकोले उनि निर्बिरोध बनेका छन। तर, यसको औपचारिक घोषणा हुन भने बाँकी छ । यसबाहेक सबै पदमा प्यानलको रुपमा उमेदवारी दर्ता भएकोमा उपमहसचिब पदमा भने दुई जना प्यानलबाट र एकजना स्वतन्त्र गरि तिन जनाको उमेदवारी परेको छ ।

यसपटक लेखनाथ उद्योग बाणिज्य संघको अध्यक्ष पदमा पहिलो पटक महिलाले प्रतिष्पर्धा गर्दै छन संघमा एक दशक बिताएकी जानुका पराजुली अधिकारीले अध्यक्ष पदमा उमेदवारी दिएर प्यानल नै बनाएर चुनाबी अभियानमा सक्रिय भएपछि यसले आममहिला र सर्बसाधारणमा समेत चासो र चर्चा थपेको छ । संघको २९ वर्षिय इतिहासमा पहिलो पटक महिला उम्मेदवारले अध्यक्षको दावी सहित आफ्नो टिम घोषणा गरेको यो पहिलो पटकको हो । यस विषयलाई सबै क्षेत्रबाट विशेष चासोका साथ हेरिएको छ ।

अध्यक्ष पदमा लेखनाथ उबासंघका समकालीन जानुका र राजेन्द्रको उमेदवारी दर्ता 

संघको अध्यक्ष पदमा जानुका पराजुली अधिकारी र राजेन्द्र ओझा दुई जनाको मात्र उमेद्वारी परेको छ। जानुका लेखनाथ उद्योग बाणिज्य संघको बर्तमान महासचिब हुन् भने राजेन्द्र संघको बरिष्ठ उपाध्यक्ष हुन दुवै जना एकै समयमा संघको साधारण सदस्य बनेर कार्यसमितिको सदस्य समेत एकै कार्यकालमा बनेको थिए।

त्यसपछि जानुकाले कोषाध्यक्ष, उपमहसचिब र महासचिबको जिम्मेवारी सम्हालेकी छन भने राजेन्द्रले कोषाध्यक्ष, प्रथम उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन। जानुका र राजेन्द्र लेखनाथ उद्योग बाणिज्य संघका समकालीन साथीहरु भएपनि उनीहरु राजनीतिक रुपमा भने दुई छुट्टा छुट्टै पार्टीको नजिक मानिन्छन। जानुकालाई नेपाली काँग्रेस र राजेन्द्रलाई नेकपा एमाले निकट भनेर चिनिन्छ ।

जानुकाको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु 

जानुका पराजुली अधिकारी अध्यक्ष रहेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्धितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई (आईडि), महासचिवमा भरतराज ओझा, उप–महासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटीले उमेदवारी दर्ता गराएका छन।

जानुकाको प्यानलबाट  कार्यसमितिको खुल्ला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन भविन, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना र सन्दिप बुढाथोकीले उमेदवारी दर्ता गराएका छन ।

जानुकाको प्यानलबाट एसोसिएट सदस्यमा दयाराज भण्डारी, संस्थागत सदस्यमा बिरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियारको उमेदवारी परेको छ । संस्थागत सदस्यमा कंडेल एकजनाको मात्र उमेदवारी परेको कारण उक्त पदमा भने चुनाब हुने छैन।

राजेन्द्रको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु 

राजेन्द्र ओझा अध्यक्ष रहेको प्यानलबाट उमेदवारी दर्ता गराउनेहरु मध्ये वरिष्ठ उपाध्यक्षमा उपेन्द्रराज सुवेदी राजु, प्रथम उपाध्यक्षमा मेनुका श्रेष्ठ, द्वितीय उपाध्यक्षमा धीरज कुमार श्रेष्ठ, महासचिवमा जीवन तिवारी, उपमहासचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना (एलपी), कोषाध्यक्षमा टिकाराम सापकोटा रहेका छन।

राजेन्द्रको प्यानलबाट कार्यसमितिको खुल्ला सदस्यमा घनश्याम ढुङ्गाना, किशोर अधिकारी, कृष्णप्रसाद सुवेदी, नवराज पौडेल, सन्तोष हमाल, शिवराज अधिकारी, सुरेन्द्र गुरुङ, भीमप्रसाद सुवेदी (सन्तोष) को उमेदवारी परेको छ राजेन्द्रको प्यानलबाट कार्यसमितिको महिला सदस्यमा सपना सुवेदी र लक्ष्मी ठाकुर (सुनार) तथा ऐसोसिएट सदस्यमा प्रवेश बन्जराले उमेदवारी दर्ता गराएका छन ।न राजेन्द्र समुहले पनि संस्थागत सदस्यमा कंडेलको नाम नै सार्बजनिक गरेको थियो।

राजेन्द्र र जानुका दुबैको प्यानलमा नरहेका बुद्धिप्रसाद बाँस्तोलाले उपमहासचिबमा उमेदवारी दर्ता गराएका छन दुईकार्यकाल संघको कार्यसमिति सदस्य रहेका बुद्धिप्रसाद बास्तोलाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।

निर्बाचन गराउन गठित निर्बाचन समितिका आयुक्त बरिष्ठ अधिबक्ता खगेन्द्रराज आचार्यका अनुसार भदौ १५ गते सम्म उमेदवारहरुले आंफ्नो नाम फिर्ता लिन सक्ने र सोहि दिन उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। निर्बाचन उपसमितिमा हरी त्रिपाठी र राजेश भट्टराई सदस्यको रुपमा रहेका छन् ।

उमेदवारी दर्ता गराउनेहरुको नामावली र ब्यबसायिक फर्म

 

१३ भाद्र २०८२, शुक्रबार २३:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा