Play

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका विभिन्न शाखाबाट चारदिनमा करिब १२ हजार युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयले चारदिनको अबधिमा ११ हजार ९ सय १६ पिन्ट रगत संकलन गरेको छ । यही भदौ ६ गतेदेखि संस्थाको समाजसेवा प्रभागको आयोजनामा नेपालको विभिन्न भागका शाखा र क्षेत्रीय कार्यालयमा गरिएको रक्तदान कार्यक्रम अन्तर्गत मंगलवार सम्ममा उक्त परिमाणमा रगत संकलन गरिएको जानकारी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालका महासचिव राजयोगी ब्रह्माकुमार शैलेषराज बरालले गुरुकुल खबरलाई दिएका छन ।

सो संस्थाको पूर्वमुख्य प्रशासिका राजयोगिनी दादी प्रकाशमणिको १८ औँ पुण्य तिथि तथा विश्वबन्धुत्व दिवसको सन्दर्भ पारेर संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको हो । केन्द्रले नेपाल र भारतमा गरी एक सय घण्टामा एक लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको जनाएको छ। नेपालको काठमाडौँ, विराटनगर, नारायणगढ, राजविराज, वीरगञ्ज, पोखरा, दाङ, बुटवल, हेटौँडा, जनकपुर, भैरहवा, धनगढी, पाल्पा, बाग्लुङ र नेपालगञ्जमा रहेका शाखा र केन्द्रहरुमा रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरिएको हो ।

भदौ ६ गते एकैदिनमा पाँच हजार ४७ पिन्ट रगत संकलन भएको थियो । सो परिमाणमा रगत संकलन हुनु नेपालको सन्दर्भमा हालसम्मकै उच्च रहेको विज्ञप्तिमा जनाइएको छ । मानसिक शान्तिको लागि योगअभ्यास र अन्य क्रियाकलाप गराउने विश्वविद्यालयले मानव जीवन बचाउनका लागि रक्तदान मार्फत योगदान गरेको उल्लेख गरेको छ ।

१० भाद्र २०८२, मंगलवार १८:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा