पोखरा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्तमान सरकारले माओवादीमाथि विभिन्न मुद्दा लगाउन खोजेको आरोप लगाएका छन् । बिगतमा कांग्रेस एमालेको सरकारले माओबादी नेताहरुको टाउकोको मूल्य तोकेको कुराको चर्चा गर्दै माओबादी अध्यक्ष प्रचण्डले भने ‘जसको टाउकोको मूल्य तोके अनि टाउको काटेर झोलामा ल्याए पुरस्कार दिन्छौं भने, तिनै मान्छे आएर हामीमाथि राज गर्ने भन्ने लागेर उनीहरूलाई सही नसक्नु भएको छ । तसर्थ उनीहरुले हामीलाई सिध्याउनको लागि बिभिन्न बहाना खोज्ने क्रममा गौर हत्याकाण्डको विषय फेरी अगाडी ल्याएका हुन ।’
गण्डकीका स्वास्थ्यमन्त्रीका कारण प्रचण्डको लम्जुंग जाने कार्यक्रम रोकियो
माओबादी अध्यक्ष प्रचण्ड अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहभागी हुन पोखरा आएका हुन उनि लमजुंगमा जाने कार्यक्रम समेत रहेपनि पोखराबाट लमजुंग नगईकन काठमाडौँ फर्केका थिए ।पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डलाई लमजुङ जिल्ला अस्पतालको विस्तारित सेवा उद्घाटन कार्यक्रमका लागि प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको भएपनि अन्तिम समयमा प्रदेश सरकारले अस्पताल विकास समिति खारेज गरिदिएको बहानामा प्रचण्डलाई कार्यक्रममा नबोलाउन गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पटक पटक निर्देशन दिएपछि लमजुंगको कार्यक्रम रद्द गरिएको बुझिएको छ ।
जसका कारण लमजुंग अस्पतालको बिस्तारित सेवा उद्घाटन कार्यक्रमका लागि भनेर शुक्रबार पोखरा आइसकेका प्रचण्ड सोहि दिन काठमाडौँ फर्किन बाध्य भए। खारेजीमा परेका समितिका अध्यक्ष हरिजंग तामाङले राजनीतिक पूर्वाग्रहबाट कार्यक्रम रोकिएको आरोप लगाए। ‘क्याबिनेट बैठकको निर्णयअघि नै स्वास्थ्यमन्त्रीले फोन गरेर समिति खारेज भयो, कार्यक्रम नगर्नु भनेर मेसुलाई निर्देशन दिनुभयो । यी सबै घटनाक्रमले राजनीतिक पूर्वाग्रह स्पष्ट हुन्छ ।’ कार्यक्रम रद्द नगर्न गण्डकीका मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीसँग धेरै आग्रह गरेपनि चासो नदिईएको तामांगले आरोप लगाए । ‘हिजोसम्म कार्यक्रम हुन्छ भनेर नै बसेको हो । तर तारान्तार फोन आइरह्यो । कार्यक्रम रोक्नुस् मात्रै भनिरहे,’ उनले भने, ‘अब सकिँदैन भनेर औपचारिक रूपमै रद्द भएको जानकारी सार्वजनिक गरेँ।’
पर्दामा यादब देखाएर माओबादीमाथि प्रहरी गरियो
लमजुंग जाने कार्यक्रम रद्ध भएपनि उनि पोखरामा मजदुर संघको कार्यक्रममा सहभागी भएर बिभिन्न बिषयमा अभिव्यक्ति दिए । यसै सन्दर्भमा उनले रौतहटको गौर राइस मिलमा माओवादीको सभामा तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले हमला गर्दा २७ जना मारिएको घटनाको प्रतिवेदन सार्वजनिक गर्न र आरोपीमाथि अनुसन्धान गर्न सर्वोच्च अदालतले दुई दिनअघि परमादेश जारी गरेको विषय माओबादीलाई कम्जोर पार्ने सरकारी रणनीतिको रुपमा ब्याख्या गरे ।
अदालतको उक्त निर्णय संगै तत्कालिन मधेसी जनाधिकार फोरमका अध्यक्ष (हालका जसपा नेपाल अध्यक्ष) उपेन्द्र यादव सहित १३० जनामाथि अनुसन्धान हुने भएको छ । गौर हत्याकाण्डको फाइल खोल्न लगाएर सरकारले माओबादीमाथि मुद्धा लगाउन खोजेको आरोप लगाउंदै भने, “उक्त फाइलको पर्दामा यादव देखिए पनि त्यो प्रहार माओवादीमाथि गरिएको प्रचण्डको दाबी छ ।”
उनले देशमा भएका केही घटनाहरू व्यक्ति विशेषमाथि नभई माओवादी आन्दोलनलाई नै सिध्याउने षड्यन्त्रको हिस्सा भएको दाबी समेत गरे। ‘हेर्दा कुलमानलाई फाले जस्तो, कुलमान फालेको होइन, माओवादीलाई फालेको हो । हेर्दा उपेन्द्र यादवलाई मुद्दा लागे जस्तो, उपेन्द्र यादवलाई होइन, त्यो माओवादीलाई लगाएको हो,’ आक्रोशित हुँदै प्रचन्डले भने ।
प्रचण्डले काँग्रेस एमालेको प्रहारको केन्द्रबिन्दुमा माओवादी रहेको भन्दै प्रतिकारका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । कांग्रेस, एमाले लगायतका प्रतिक्रान्तिकारी र प्रतिक्रियावादी दलहरू हिजोका उपलब्धिहरूलाई पनि उल्ट्याउनेतिर बल गर्दैछन् । किनकि माओवादी केन्द्रलाई नसिध्याएसम्म दलालहरूको, नोकरशाहहरुको, बिचौलियाहरूको हित हुनेवाला छैन,’ उनले अघि भने, ‘त्यस कारण उनीहरू सम्पूर्णले भएभरको तागत लगाएर माओवादीलाई घेरा हाल्ने, माओवादीलाई विभाजित गर्ने, माओवादीभित्र गुट, फुट सिर्जना गर्ने, मान्छेको दिमाग खराब गर्ने काम गरिरहेका छन् ।’ उनको आरोप थियो ।
गुटगत प्रवृतिलाई सहन सकिंदैन, कारबाही हुन्छ
उनले पार्टीभित्र अनुशासनहीनता र गुटगत प्रवृत्तिलाई कुनै हालतमा सहन नसकिने भन्दै माओवादी केन्द्रलाई सबल बनाउन दृढता, एकता र संगठनात्मक विस्तार अपरिहार्य रहेको स्पष्ट पारे । पार्टीका निर्णय र नीतिबाट विमुख हुने वा नेतृत्वविरुद्ध उभिनेहरू कारवाहीको दायरामा पर्ने चेतावनी दिंदै उनले भने, ‘आफ्नै खुट्टामा बन्चरो हान्ने बाटोमा कोही पनि लाग्न हुँदैन । नियम, अनुशासन र मार्गनिर्देशन विपरीत जानेलाई अब छुट दिइँदैन ।’ उनले माओवादी आन्दोलनकै जगमा देशमा राजनीतिक परिवर्तन सम्भव भएको दाबी गर्दै गणतन्त्र र समाजवादलाई संस्थागत गर्न अझै ठूलो संघर्ष आवश्यक रहेको दाबी गरे ।
अहिलेका उपलब्धि सुरक्षित राख्न नेता तथा कार्यकर्ता घर–घर पुगेर जनतालाई अभिप्रेरित गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष दाहालले समाजवादी शक्तिहरूलाई एउटै मोर्चा, र परिस्थिति अनुसार एउटै पार्टीमा समेत एकीकृत गर्ने प्रयास भैरहेको पनि खुलासा गरे । ‘हामीसँग बलियो विकल्प निर्माण गर्ने क्षमता छ, त्यसैले समाजवादी धारलाई विखण्डन होइन, एकतालाई जोड दिनुपर्छ,’ उनले भने । दशैं–तिहारपछि बस्ने केन्द्रीय समिति बैठकले संगठन विस्तार र उत्पादन वृद्धिलाई मुख्य प्राथमिकतामा राख्दै विस्तृत कार्ययोजना ल्याउने उनले जानकारी दिए। मंसिरदेखि विकृतिविरुद्ध सडक आन्दोलन र राष्ट्रिय समस्याहरू समाधानका लागि सदन तथा सडक दुवैतर्फबाट पहल गरिने उनले जनाए ।
सामाजिक सुरक्षा कोषको सुरुवात आफ्नो नेतृत्वकालमै भएको स्मरण गर्दै अध्यक्ष दाहालले सबै मजदुरलाई सो कोषमा सहभागी गराउन जरुरी रहेको उल्लेख गरे । साथै, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने र ठेकेदारी प्रणाली अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष दाहालले मजदुर आन्दोलनलाई यिनै विषयसँग जोडेर अघि बढाउनुपर्ने धारणा राखे।