Play

जनहित र धारापानी महिला समुहको तीज गीत, पोखरेली दिदीबहिनि समूह प्रथम

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नम्वर ५, प्रस्यांग रहेको जनहित महिला समूहको आयोजनामा तथा धारापानी महिला बहुउद्देश्यीय सहकारीको सहआयोजनामा प्रथम जनहित खुला तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा १६ समूहले भाग लिएकोमा पोख्रेली दिदीबहिनी समूहले पहिलो स्थान प्राप्त गर्दै नगद १० हजार रूपैया प्राप्त गरेको थियो।

यसैगरि धारापानी आमा समूहले दोस्रो स्थान प्राप्त गरी ७ हजार रूपैँया र शिवालय महिला समूह तेस्रो तथा धर्मस्थली आभारभूत विद्यालयले सान्त्वना स्थान प्राप्त गरी क्रमश ५ हजार र ३ हजार प्राप्त गर्न सफल भए। त्यसैगरी, उत्कृष्ट भेषभूषातर्फ गतिशील महिला आमा समूह र उत्कृष्ट नृत्यतर्फ नमुना आदर्श आमा समूह विजयी भएका छन् ।

प्रतियोगिताको उद्घाटनमा बोल्दै पोखरा,महानगरपालिका- ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले यस्ता कार्यक्रमले कला संस्कृतिकाे संरक्षण गर्ने र नयाँ पुस्तामा हस्तान्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय भड्किलो तिज देखिन लागेको भन्दै परम्परागत मौलिकता र चेतनामूलक गीतमार्फत समाजलाई सन्देश दिनू पर्नेमा जोड दिए । कार्यक्रममा वडा सदस्य एवम् महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य गोविन्द पराजुली, सावित्री कोईराला, हेमराज भण्डारीलगायतले शुभकामना दिएका थिए ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घका अध्यक्ष रामचन्द्र ढकाल , उपाध्यक्ष राम पौडेल र लोकगायिका/सञ्चारकर्मी सिता बरालले निर्णयको भूमिका निभायका थिए। जनहित महिला समूहका अध्यक्ष चन्द्रावती गैरे अधिकारीको अध्यक्षता तथा सचिव कमला लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

३ भाद्र २०८२, मंगलवार २१:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा