Play

धम्पुस सत्लेमा तीज मेलाको तयारी, मेलामा भलिवल र रस्सी तान्ने खेलपनि हुने

गुरुकुल खबर


पोखरा, हरितालिका तीजको अवसरमा हिमशिखर युवा क्लब धम्पुसले नबौं हरितालिका तीज मेला तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम भदौ ९ गतेदेखि ११ गतेसम्म धम्पुसको सत्लेमा हुने जनाइएको छ ।

‘विकासका लागि युवा’ भन्ने मूल मन्त्रका साथ स्थापित क्लबले स्थापना कालदेखि नै खेलकुद, पर्यटन, संस्कृति र सामाजिक चेतनामूलक गतिविधिहरू सञ्चालन गर्दैै आएको छ । यो वर्षको तीज मेला, अघिल्ला वर्षहरूभन्दा झन भव्य, व्यवस्थित र समावेशी हुने आयोजकको भनाइ छ ।

आयोजकका अनुसार मेलामा स्थानीय भलिबल खेलाडीहरूको भिडन्तदेखि लिएर, नाचगान, लोक गीत र झाँकीहरू प्रस्तुत हुनेछन् । मेलाको आकर्षणका रुपमा महिला भलिबल, पुरुष भलिबल, रस्सी तान्ने, ठेलो हान्ने, एकल र सामूहिक नृत्यजस्ता प्रतिस्पर्धात्मक कार्यक्रमहरू रहेको क्लवका सचिव अनिल सुनारले जानकारी दिए ।

‘मेलालाई थप आर्कषण गर्नको लागि मञ्चलाई ग्रामीण संस्कृति र सौन्दर्यले सजाइनेछ, जहाँ धम्पुसको लोकसंस्कृति, हस्तकला, कृषि उत्पादन र कला–साहित्यले विशेष स्थान पाउनेछ । यो मेलाले केवल मनोरञ्जन मात्र होइन, समुदायको आर्थिक गतिशीलता र सामाजिक समावेशितामा समेत महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ,’ उनले भने । उनले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

३१ श्रावण २०८२, शनिबार १४:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा