हेटौडा, नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बनिया निर्बाचित भएका छन यस अगाडी संसदीय दलको नेता रहेका बहादुरसिंह लामाविरुद्ध कांग्रेस सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेकोमा मंगलवार उक्त प्रस्ताब पारित भएको छ ।
मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए । बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
यससंगै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका छन्। संसदीय दलको नेता गुमेसंगै उनको मुख्यमन्त्री पद पनि गुम्ने सम्भावना बढेको छ।
‘आज पक्ष र विपक्षमा मतविभाजन गरियो, मुख्यमन्त्रीका पक्षमा १५ र विपक्षमा २२ मत आयो,’ सांसद मीनकृष्ण महर्जनले भने, ‘भोलि बुधवार संसदीय दलको नेता छान्न चुनाव हुन्छ।’
अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्। मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन।
गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए। तामाङ र बानियाँ दुवै सभापति शेरबहादुर देउवा पक्षका हुन्।बागमती प्रदेश संसदीय दलमा मतभेद भएपछि सभापति देउवाले प्रतिनिधि सभा सांसद राजन केसीलाई सहजीकरणको जिम्मेवारी दिएका थिए।
- अविश्वास प्रस्तावको पक्षमा समर्थन गर्ने सांसदहरू
१. इन्द्रबहादुर बानियाँ
२. शिवराज अधिकारी
३. कञ्चनचन्द्र वादे
४. दिपेन्द्र श्रेष्ठ
५. पुकार महर्जन
६. बिनु रायमाझी पौडेल
७. यमुना देवी श्रेष्ठ
८. उर्मिला नेपाल केसी
९. शान्ता ढकाल
१०. प्रभात तमाङ
११. छिरीङ्ग दोर्जे लामा
१२. मीना पराजुली
१३. याङ्किला शेर्पा
१४. मीन कृष्ण महर्जन
१५. बिमल ठकुरी
१६. मदुकुमार श्रेष्ठ
१७. सुरजचन्द्र लामिछाने
१८. सुरेश श्रेष्ठ
१९. श्रीराम लामिछाने
२०. सुना परियार
२१. श्यामबहादुर खड्का
२२. कृष्णबहादुर तामाङ
- अविश्वास प्रस्तावको विपक्षमा मतदान गर्ने सांसदहरू
१. बहादुरसिंह लामा तामाङ
२. कुन्दनराज काफ्ले
३. उत्तम जोशी
४. लक्ष्मी श्रेष्ठ
५. रमेशकुमार महत
६. हरिप्रभा खड्गी
७. रामकुमार पहाडी
८. छेत्रबहादुर बम्जन
९. गिता गुरूङ
१०. मसिना खड्का
११. तिर्थ लामा
१२. रामकृष्ण चित्रकार
१३. माया श्रेष्ठ
१४. गोविन्द लम्साल
१५. समिता खड्गी