Play

पोखराका डा. चालिसे भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त

गुरुकुल खबर


पोखरा, भक्तपुर क्यान्सर अस्पताल विकास समितिको कार्यकारी निर्देशकमा पोखराका डा. उज्जल चालिसे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले उनलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो । डा. चालिसे पोखराको रत्नचोकका राजनीतिक एबम सामाजिक व्यक्तित्व स्व. जनकराज चालिसेका नाति तथा विश्वराज चालिसेका कान्छो छोरा हुन।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चालिसेलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनि बिगत केहि महिना देखि सोहि अस्पतालको निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनि हाल काठमाडौँको टोखामा बस्दै आएका छन।

डा. चालिसेले यस अगाडी चितवनको भरतपुर क्यान्सर अस्पतालको साथै काठमाडौँको ह्याम्स, ओम लगायतका बिभिन्न अस्पतालमा काम गरेका थिए । कार्यकारी निर्देशकमा नियुक्त चालिसेसंग क्यान्सरको पहिचान तथा उपचार, विकिरण चिकित्सा, ब्राकीथेरापी, किमोथेरापी, लक्षित चिकित्सा, बिरामीसँगको संवाद र परामर्श, तथा प्यासेन्ट काउन्सेलिङ र पलियेटिभ केयर सम्बन्धि सिप र दक्षता रहेको छ।

नेशनल एकेडेमी अफ मेडिकल साइन्सेजबाट २०१२ मा एमडी गरेका चालिसेले क्लिनिकल अन्कोलोजीमा तीन वर्षे स्नातकोत्तर पाठ्यक्रमको अध्ययन गर्नुको साथै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा एक वर्षको आवासीय तालिम समेत लिएका थिए । उनले  नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएसको अध्ययन गरेका हुन।

१३ श्रावण २०८२, मंगलवार ०८:४१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा