Play

बागमती प्रदेशमा अविश्वासको प्रस्ताब: काँग्रेसले छिटो निकास दिनुपर्नेमा एमालेको जोड

गुरुकुल खबर


काठमाडौँ, बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध उनकै पार्टी नेपाली काँग्रेसका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेपाली काँग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन् । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्तावमा २१ जना सांसदहरूले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावको नेतृत्वकर्ता कांग्रेस सांसद इन्द्र बानियाँ छन् । यद्यपि मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताइसकेका छन् ।

यता, नेकपा एमालेका बागमती प्रदेश सभाका संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेसका सांसदहरूबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको र यसबारे कांग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए । उहाँले यो काँग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने र हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारे ।

उनले भने, ‘अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन । नितान्त उहाँहरूको विषय हो । जे गर्ने हो छिटो टुङ्ग्याउनुस् भन्ने हो । त्यो नहुनुपर्दथ्यो । सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ । प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरू नहुने भए भन्ने प्रश्न छ । यस्तो कुरा आउनु ठिक होइन । चाँडो भन्दा चाँडो समस्या समाधान हुनुपर्छ । हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन।’

मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो । बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् ।

१२ श्रावण २०८२, सोमबार १०:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा