Play

गोलि प्रहार गरि पक्राउ गरिएका पासवानबाट ५० ग्राम ब्राउन सुगर बरामद

गुरुकुल खबर


सिराहा,  सिराहामा लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गर्नको लागि प्रहरीले गोली चलाएको छ। लागु औषधसहित पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला अन्तर्गत ग्राम पंचायत बिरपुरका श्यामसुन्दर पासवान रहेको प्रहरीले जनाएको छ।

पासवानले भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको विशेष सूचनाका आधारमा शनिबार अपरान्ह चेकजाँचका क्रममा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार पासवानलाई सुराकीका आधारमा जाँच गर्न खोज्दा उनी भाग्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायर गर्नु परेको प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र पासवानले जानकारी दिए।

प्रहरीका अनुसार पासवानको साथबाट ५० ग्राम ब्राउनसुगर बरामद गरिएको छ। पक्राउ परेका पासवानलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेशपुरपतारमा पठाइएको जनाइएको छ।

१० श्रावण २०८२, शनिबार १९:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा