Play

बागमतीमा मुख्यमन्त्री फेर्न कांग्रेस सांसदहरुको कसरत, कुन नेता निकट सांसद कता छन ?

गुरुकुल खबर


हेटौँडा,  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशको राजनीति तरङ्गित भएको छ । बागमती कांग्रेस संसदीय दलका नेता लामालाई पदबाट हटाउने योजनाका साथ पार्टीका २१ सांसदहरुले शुक्रबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदा कांग्रेस सभापति शेरबहादुर देउवासहित केही  शीर्ष नेता निकटका सांसदहरुले साथ दिएका छन् । प्रदेशसभामा रहेको कांग्रेसका ३७ सांसदमध्ये नेता शेखर कोइराला निकटका ४ सांसदले अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छैनन्। जसमा चितवनका उत्तम जोशी, गीता गुरुङ, नुवाकोटका रमेशकुमार महत र सिन्धुलीका रामकुमार पहाडी रहेका छन् ।

यस्तै सहमहामन्त्री डिना उपाध्याय पक्षीय २ सांसद पनि लामाकै पक्षमा उभिएका छन् । काठमाडौँकी समिता खड्गी र मकवानपुरकी लक्ष्मीदेवी श्रेष्ठ मुख्यमन्त्री लामाको पक्षमा उभिएका हुन् ।

यसैगरी नेता मोहन बहादुर बस्नेत पक्षीय मानिने २ सांसद (कृष्णकुमार श्रेष्ठ र मसिना खड्का)ले पनि मुख्यमन्त्री लामा विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छैनन् ।

तर सभापति शेरबहादुर देउवा, प्रवक्ता प्रकाश शरण महत र नेता प्रकाशमान सिंह निकटका सांसदहरू भने मुख्यमन्त्री लामा विरुद्धको अविश्वासको प्रस्तावमा बाँडिएका छन् । सभापति देउवा निकटका सांसद तीर्थ लामा, छत्रबहादुर बोम्जनले विगतदेखि नै मुख्यमन्त्री लामालाई सघाउँदै आएका छन् । जसका कारण उनीहरूले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा सघाएका छैनन् ।

यस्तै धादिङका गोविन्द लम्साल पनि सभापति देउवा निकट हुन् भने उनले पछिल्लो समय मुख्यमन्त्री लामालाई सहयोग गर्दै आएका छन् ।

नेता प्रकाश शरण महत निकटका काठमाडौँका श्याम बहादुर खड्काले मुख्यमन्त्री लामा विरुद्ध हस्ताक्षर गरेका छैनन् । उनी प्रदेशको खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री रहेका छन् । नेता प्रकाशमान सिंह निकट रहेका ललितपुरका रामकृष्ण चित्रकार, काठमाडौँकी हरिप्रभा खड्गीले पनि मुख्यमन्त्री लामाविरुद्ध हस्ताक्षर गरेका छैनन् ।

खड्गी प्रदेशको सामाजिक विकास मन्त्री रहेकी छिन् । मकवानपुरकी लक्ष्मी देवी श्रेष्ठ र काठमाडौँकी समिता खड्गी भने सहमहामनत्री डिना निकट रहेका छन् ।

यसबाहेक देउवा निकटकै मानिने इन्द्रबहादुर बानियाँ अविश्वासको प्रस्तावको नेतृत्वकर्ता नै हुन् । उनले नै आफू संसदीय दलको नेता बन्ने योजनाका साथ हस्ताक्षरको नेतृत्व गर्दा देउवा पक्षका शिवराज अधिकारी, विनु रायमाझी, प्रभात तामाङ, मीनकृष्ण महर्जन र विमल ठकुरीले लामाविरुद्ध हस्ताक्षर गरेका छन् ।

यस्तै महामन्त्री गगन थापा निकट मानिने याङ्किला शेर्पा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, मीना पराजुली र छिरिङ दोर्जे तामाङ तथा महत निकट मानिने माया श्रेष्ठ, उर्मिला नेपाल र सुना परियारले पनि लामाविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् ।

यसैगरी बालकृष्ण खाण निकट मानिने मदुकुमार श्रेष्ठ तथा प्रकाशमान सिंह निकट मानिने कञ्चनचन्द्र बाँदे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, यमुनादेवी श्रेष्ठ र शान्ता ढकालले पनि अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् ।

तर, नेता शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र नेता मोहनबहादुर बस्नेत पक्षका सांसद समेत बागमती प्रदेशमा रहे पनि उनीहरू भने लामालाई हटाउने खेलमा नरहेको दाबी गरिएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्ने सांसदहरूको टिम, कुन शीर्ष नेता निकटस्थ ?

Capture

गत २०७९ माघमा सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा १६ मत पाएका बानियाँले हालसम्मको अवस्थामा ५ जना सांसदलाई आफू निकट ल्याउन सफल भएका छन् । जसमा प्रकाश शरण महत निकट रहेका माया श्रेष्ठ, उर्मिला नेपाल, सुना परियार, सभापति देउवा निकटका विमल ठकुरी र शिवराज अधिकारी रहेका छन् । संसदीय दलको नेताबाट लामालाई हटाउन १९ सांसद आवश्यक हुन्छ ।

यद्यपि लामाले अविश्वासको प्रस्तावको सामना गर्न आफू गर्न तयार रहेको बताइसकेका छन् । यस्तै राजीनामा दिएका भनिएका चार जना मन्त्रीहरूलाई उल्टै उनले बर्खास्तीको घोषणा गरेका छन् भने सो स्थानमा नयाँ नियुक्ति गर्ने उनको तयारी छ । उनले निहुँ खोज्ने काम राम्रो नभएको भन्दै बानियाँलाई चेतावनी समेत दिएका छन् । स्मरणीय छ, लामा समेत देउवा निकट नै मानिन्छन् । तर, बानियाँले विगतदेखि नै लामाविरुद्ध मोर्चाबन्दी गर्दै आएका थिए ।

यसैबिच अविश्वासको प्रस्ताव दर्ता भएसँगै बानियाँले लामाबाट प्रभावकारी ढङ्गले काम हुन नसकेको दाबी गर्दै आएका छन् । संसदीय दलका अधिकांश नेताहरूको यही निष्कर्षका आधारमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको बानियालाई उधृत गर्दै रातोपाटीले समाचार छापेको छ ।

१० श्रावण २०८२, शनिबार १७:२४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा