काठमाडौँ, कास्की जिल्लाबाट काठमाडौँमा आएर विभिन्न पेशा र ब्यबसायी गरि बसेका नेपाली काँग्रेस समर्थक कस्केली हरुको संस्था नेपाली काँग्रेस कास्की काठमाडौँ सम्पर्क समितिको शनिबार सम्पन्न तेश्रो अधिवेशनले दिपक चन्द्र बराल अध्यक्ष रहेको नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ। अध्यक्षमा निर्वाचित बराल काठमाडौँको बानेश्वरमा संचालित एभरेस्ट नर्सिंगहोमका संचालक समेत हुन।
समितिको सभापतिमा निर्बिरोध नवनिर्वाचित सभापति दिपक चन्द्र बरालले सम्पर्क समितिमा पार्टीभित्रको गुटउपगुट को प्रभाव पर्न नदिने भन्दै संस्थाले कस्केली समुदाय र नेपाली कांग्रेसको साझा हितमा काम गर्ने प्रतिबद्दता ब्यक्त गरे । उनले अब समितिले सदस्यता बिस्तार संगै अत्यावश्यक काम गर्नको लागि महत्वपूर्ण भूमिका निर्बाह गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैबीच कास्की – काठमाडौँ सम्पर्क समितिका नबनिर्वाचित समितिका पदाधिकारी र सदस्यहरुले आइतबार बिहान काँग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पुगेर शुभकामना सहित बधाई ग्रहण गरेका थिए। त्यस अबसरमा सभापति एबम पुर्ब प्रधानमन्त्री देउवाले कांग्रेसको संगठन बलियो बनाउन सम्पर्क समितिहरुमा जिम्मेवार कार्यकर्ताले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए ।
उक्त नबनिर्वाचित समितिको उपाध्यक्षमा एरोनोटिकल ईन्जिनियर अच्युत राज पहारी र पितृ राज आचार्यलाई चयन गरिएको छ भने सचिवमा विष्णुराज तिवारी र हरी पराजुलीलाई चयन गरिएको छ। सचिवमा निर्वाचित तिवारीले काठमाडौँको सुन्धारामा होटल ब्यबसायी संचालन गरिरहेका छन भने पराजुली साना तथा मझौला ब्यबसायी संघमा संलग्न छन।
समितिको कोषाध्यक्षमा शरण गुरुङ र सहसचिवमा रोहितबाबु खनाल र दीपेन्द्र आचार्य सहित कार्यसमितिको सदस्यहरुमा चिज माया गुरुङ, अमृत पौडेल, मनोज घिमिरे (क्षेत्री), विकास बहादुर परियार, विपुल बसौँला, डा. हरि बराल, महादेव सुवेदी, नेत्र विक्रम बञ्जारा, पुष्पराज पराजुली, रुद्रमणि आचार्य र सहदेव बराल पनि निर्बिरोध निर्वाचित भएका छन।
नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तिलक रानाभाट संयोजक तथा नेपाली कांग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली र नेपाली काँग्रेसका नेता दीपेन्द्रराज ढकाल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसंमिति निर्वाचन गर्ने प्रक्रिया सम्पन्न गरेको हो। कार्यक्रम नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको थियो ।
कार्यसमितिमा बस्नको लागि नेपाली काँग्रेसको साधारण वा क्रियाशील सदस्यता र सम्पर्क समितिको सदस्यता लिएको हुनुपर्ने प्राबधान राखिएको थियो। सोहि अनुरुप अधिवेशनमा सहभागी हरु मध्येबाट नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका सदस्य पराजुलीले जानकारी दिए। उनका अनुसार सम्भव भएसम्म समिति गठनमा कास्की जिल्लाको भूगोल, जातजाति समेतलाई ध्यान दिइएको छ।
अधिवेशनको उद्घाटन नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका कास्कीका नेता जिबन परियारले गरेका थिए त्यस अबसरमा बोल्दै उनले कास्की जिल्लाबाट काठमाडौँ उपत्यकामा आएर बसेका सबैलाई जोड्न सकेमा संस्थामा सदस्यहरुको संख्या धेरै हुने बताए। उनले नेपाली काँग्रेस केन्द्रीय समितिको महामन्त्री र सभामुख जस्तो जिम्मेवारीमा कास्कीको नेता तारानाथ रानाभाट पुगेको भएपनि त्यसभन्दा माथिल्लो तहमा कास्कीबाट अन्य नेता पुग्न नसकेको भन्दै सामाजिक गतिबिधि र राजनीतिक गतिविधिको माध्यमबाट कस्केली हरुलाई जोड्नुपर्नेमा जोड दिए।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम सम्पर्क समिति समन्वय बिभागका प्रमुख नानु बाँस्तोलाले काठमाडौँमा बस्ने जिल्लाका साथिहरुलाई पर्ने विभिन्न समस्याको समाधान गर्न सम्बन्धित जिल्लाका सम्पर्क समितिले पहल गर्नसके कांग्रेसको संगठन बलियो बनाउन सहयोग पुग्न सक्ने उल्लेख गरिन ।
नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एबम उपभोक्ता तथा आपुर्ती विभागका प्रमुख गुरुप्रसाद बरालले केहि समय निष्क्रिय जस्तै बनेको संस्थाले अब काठमाडौँ उपत्यकामा रहेका कस्केली हरुलाई संगठित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बिश्वास ब्यक्त गरे ।
नेपाली काँग्रेस कास्की काठमाडौँ सम्पर्क समितिका सभापति प्राज्ञ नगेन सिंह ठकुरीको सभापतित्वमा सम्पन्न अधिवेशनको उद्घाटन समारोहमा कास्की कांग्रेसका सभापति किशोर दत्त बराल र देवराज चालिसे लगायतका बक्ताले महाधिबेशनको सफलताको कामना गर्दै समितिले आगामी दिनमा रचानात्मक काम गर्नुपर्नेमा जोड दिएका थिए ।
निर्वाचन समितिको तर्फबाट समितिमा नवनिर्वाचित पदाधिकारी एबम सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्न आयोजित समापन समारोहमा निर्वाचन समितका संयोजक तिलक रानाभाट, सदस्य दीपेन्द्र ढकाल, नेपाल बैदेशिक रोजागर ब्यबसायी संघका राष्ट्रिय अध्यक्ष भुवन गुरुङ, निर्वाचन समितका सदस्य एबम नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका सदस्य गंगाधर पराजुली, सम्पर्क समितिका नबनिर्वाचित अध्यक्ष दिपक चन्द्र बराल सम्पर्क समितिका पुर्ब सचिब एबम नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा. कृष्ण पौडेल लगायतका वक्ताहरुले सम्पर्क समितिले गर्नुपर्ने कामहरुको बारेमा चर्चा गरेका थिए ।