Play

तरुण दलको महाधिबेशन आगामी मङ्सिरमा हुने, दलका दुई केन्द्रीय सदस्यले अनसन तोडे

गुरुकुल खबर


पोखरा, नेपाली कांग्रेसको भातृ संघ नेपाल तरूण दलको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्ममा हुने भएको छ कांग्रेसमा युवाहरु संगठित भातृ संघ  तरुण दलको महाधिबेशन अनिवार्य गर्ने गरी पार्टीको केन्द्रीय समितिको बैठकले तरुण दलको केन्द्रीय समितिको पदावधि थप गर्ने निर्णय गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकले महाधिवेशन निर्देशन समितिको प्रस्ताव अनुरुप मंसिरमा अनिवार्य महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो । हाल तरुण दलको अध्यक्षको जिम्मेवारी विद्वान गुरुङले सम्हालिरहेका छन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नानु बाँस्तोलाले गुरुकुल खबरलाई दिएको जानकारी अनुसार तरुण दलको महाधिवेशन तयारी र व्यवस्थापन सहजीकरणका लागि तरूण दलको मौजुदा कार्यसमिति भित्रैबाट सानो व्यवस्थापन समिति बनाउने निर्णय नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले गरेको छ।  महाधिवेशन सम्पन्न गर्न निर्देशन समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरिएको समेत केन्द्रीय सदस्य बाँस्तोलाले बताइन् ।

तरुण दलको महाधिबेशन गर्न पार्टीले गठन गरेको महाधिबेशन निर्देशक समितिमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना, केन्द्रीय सदस्य सरिता प्रसाईं र दलका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य जितजंग बस्नेत रहेका छन ।

तरुण दलको महाधिबेशन अनिवार्य गर्ने गरी मिति तोकिएको कारण  यस अगाडी तदर्थ समिति भंग गर्नुपर्ने भन्दै पार्टी केन्द्रीय कार्यालयमा अनसन बसेका तरूण दलका दुईजना केन्द्रीय सदस्यले पनि बुधबार नै अनशन तोडेका छन् । त्यस्तै, बैठकमा विभिन्न एजेन्डामाथि प्रदेश सभापतिहरूले धारणा राखेका छन् ।

बुधबारको बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाँइ, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार के.सी., ई. मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना लगायतले आआफ्आनो भनाई राखेका थिए

यसैगरि बैठकमा आमन्त्रित विभिन्न प्रदेशका सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि बिभिन्न प्रस्ताबहरुमाथि आआफ्नो धारणा प्रकट गरेका थिए । कार्यसमितिको बैठक असार १९ गते दिउँसो पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने भएको छ ।

१८ असार २०८२, बुधबार २१:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा