Play

‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माओबादी केन्द्रको माग

गुरुकुल खबर


काठमाडौँ, नेकपा माओवादी केन्द्रले सङ्घीय निजामती सेवा विधेयक–२०८० मा व्यवस्था भएको ‘कुलिङ पिरियड’ लाई निष्प्रभावी बनाएको विषयमा छानबिन गर्न माग गरेको छ । बुधबार केन्द्रीय कार्यालय पोरिसडाँडामा प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गरी विधेयकमा भएको चलखेलबारे छानबिन गर्न माग गरेको हो ।

विधेयकमा ‘कुलिङ पिरियड’ लाई प्रभावित पार्न रहस्यमय चलखेल भएको सापकोटाले आरोप लगाए । ‘यो  एकदम रहस्यमय छ । कहिले संसद् अवरुद्ध छ भनेर पर सारियो । कहिले ‘अल अफ सडेन’ कार्यसूचीमा राखियो ।

समितिले सर्वसम्मत पास भएको विधेयकमा दुई वर्ष ‘कुलिङ पिरियड’ राख्ने छ । पुलिस, सेना, प्रशासन क्षेत्रका कुनै पनि व्यक्तिलाई दुई वर्ष नियुक्त गर्न नपाइने सपाट सत्य थियो ।

त्यसलाई उल्टाएर जालसाजी ढङ्गले कुलिङ पिरियड नराख्ने चलखेल भएको छ । यो धेरै गम्भीर छ । यसलाई प्रारम्भिक दृष्टिकोणबाट छानबिन गर्नुपर्छ भनेर सरकारसँग अपिल गछौँ’, उनले भने ।

१८ असार २०८२, बुधबार १४:४९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा