Play

रेबानद्वारा आयोजित विभिन्न सिपमुलक तालिम सम्पन्न

गुरुकुल खबर


पोखरा, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ‘रेबान’ पोखराको आयोजनामा रेबान पोखरा मातहतमा संचलित विभिन्न रेस्टुरेन्टमा कार्यरत ६५ जना कर्मचारीहरूलाई विभिन्न तालिम प्रदान गरिएको छ । रेबानले आयोजना गरेको बारिष्टा पुनर्ताजगीमा २५ जना, इन्डियन कुजिन तालिममा २० जना र कन्टिनेन्टल कुजिन तालिममा २० जनाको सहभागिता रहेको रेबान पोखराले जनाएको छ । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड गण्डकी तथा इन्स्योरेन्स परियोजना समेतका अन्य संस्थाहरुको सहयोगमा ति तालिम कार्यक्रम सम्पन्न गरिएको हो ।

तालिमका सहभागीहरूलाई एक समारोहका बीच समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीवबहादुर कोइराला, नेपाल पर्यटन बोर्ड गण्डकीका लेखा प्रमुख सागर श्रेष्ठ, इन्स्योरेन्स परियोजना गण्डकी प्रदेश प्रमुख सुशील लिङखा, परियोजनाकै प्राविधिक संयोजक प्रतिमा गुरुङ, कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अपरेसन म्यानेजर निश्चल देवकोटा, कलेजका कलिनरी हेड सुगम तामाङ, बारिष्टा हेड संजय गुरुङ लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

समापन समारोहका वक्ताहरुले तालिममा लिएका ज्ञानलाई व्यवहारमा लागू गर्न सके तालिम लिएको औचित्यता पूरा हुनेमा जोड दिए । पर्यटकीय राजधानी सहर पोखरामा दक्ष जनशक्तिको खाँचो रहेको हुँदा यस्तो तालिमको महत्व झनै बढेको उनीहरूको भनाइ थियो । तालिमले रेस्टुरेन्टमा आबद्ध कर्मचारीहरूको सिपमा थप निखारता ल्याएको भन्दै उनीहरूले आगामी दिनमा गुणस्तरीय सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले रेवानले विगतका वर्षहरूमा दिँदै आएको तालिमलाई यस वर्ष पनि निरन्तरता प्रदान गरेको बताए । अध्यक्ष विश्वराज पौडेलले रेवानले यो वर्षलाई तालिम वर्षका रुपमा लिएको जनाउँदै आगामी दिनहरूमा पनि कर्मचारीहरूको दक्षतालाई निखार्न थप तालिम गरिने बताए । रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले दक्ष जनशक्तिलाई नेपाल छोडेर बाहिर जानुपर्ने बाताबरण सिर्जना हुन् नदिन विभिन्न तहका सरकार गम्भीर बन्नुपर्नेकुरामा जोड दिएका थिए ।

८ असार २०८२, आईतवार २२:२३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा