Play

मुस्तांगमा क्रियाशील पत्रकार सुन्दर थकालीलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सम्मान

गुरुकुल खबर


जोमसोम, मुस्ताङका रहेर लामो समयदेखि पत्रकारितामा क्रियाशील व्यक्तित्व सुन्दरकुमार थकाली सम्मानित भएका छन्। मुस्ताङ जिल्लाको कठिन भूगोलमा निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार थकालीलाई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले आइतबार नगद पुरस्कार सहित सम्मान गरेको हो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र समग्र मुस्ताङ जिल्लाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय, कृषि लगायतका सम्भाव्य क्षेत्रहरुको उजागर गर्दै नागरिकहरुमा सूचना सम्प्रेषण तथा मुस्ताङ जिल्लालाई राष्ट्रिय स्तरमा पहिचान दिलाउन उनले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै गाउँसभाका अवसरमा नगद दश हजार सहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

गाउँसभामा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङ, उपाध्यक्ष डिकी गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी र नेपाल पत्रकार महासंघ मुस्ताङ शाखा अध्यक्ष सुनदेवी रसाईलीले गाउँसभा अधिवेशनका क्रममा संयुक्त रुपमा नगद पुरस्कारसहित दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरे ।

गत वर्ष पत्रकार थकालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको थियो । यसअघि पनि थकालीले मुस्ताङ जिल्लाको समृद्धि र विकासका लागि कलम चलाए वापत आधा दर्जन पुरस्कारबाट पुरस्कारसहित सम्मानित भईसकेका छन् । उनि पोखरा र काठमाडौँबाट संचालित विभिन्न संचार माध्यममा जोडिएका छन ।

८ असार २०८२, आईतवार २२:०८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
gurukulkhabar@gmail.com
sunaulokhabar@gmail.com

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा