Play

पोखरा महानगरले खाजाखाना बापत अनियमित तरिकाबाट भुक्तानी दियो ‘दुई करोड चालिस लाख’

गुरुकुल खबर


पोखरा,  पोखरा महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा खाना, खाजा लगायतको शिर्षकमा करिब २ करोड ४० लाख रुपैयाँ अनियमित तरिकाले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भए अनुसार पोखरा महानगरले खाजा खाना शिर्षकमा कार्यक्रम बापतको खर्चको पुष्ट्याई बिना नै दुई करोड ३८ लाख ११ हजार ५७८ रुपैया खर्च भएको छ । पोखराका विभिन्न होटलमा कार्यक्रम गरेको र खर्चको पुष्ट्याइँविना बिल भरपाइमात्रै संलग्न गरेको महालेखाले जनाएको छ ।

अघिल्ला वर्षहरूमा पनि महालेखा परीक्षकको कार्यालयले पोखरा महानगरमा खाना, खाजाको नाममा चरम लापरवाहीपूर्वक खर्च भएको देखाएको थियो। यस बर्षपनि गत बर्ष भन्दा बढी रकम खर्च गरिएको बुझिएको छ महानगरपालिका, महाशाखा तथा विभिन्न वडा कार्यालयमा भएका विविध तथा खाजा खाना खर्चमा उक्त रकम खर्च भएको जनाइएको हो । खाना तथा विविध खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ । तर, महानगरपालिकाले कार्यक्रम संचालनार्थ खर्च भएको उल्लेख गरी खर्चको पुष्ट्याई बेगर केबल बिल भरपाई मात्र संलग्न गरी विविध शीर्षकबाट खाजा खाना बापतको रकम भुक्तानी गरेको प्रतिबेदनमा उल्लेख छ ।  यस किसिमको खर्च महानगरका कुन कुन वडा र महाशाखाले कति कति गरे भन्ने विवरण यस प्रकार रहेको छ।

पोखरा महानगरपालिकाले कुन कुन रेस्टुरेन्टबाट खाजा र खाना बापत कति कति भुक्तानी किए भन्ने कुरा पनि महालेखाले आफ्नो प्रतिबेदनमा औंल्याएको छ जुन यस प्रकार रहेको छ। सबै भन्दा धेरै बिल हामी गरेर आनामा

 

महालेखाको प्रतिबेदनमा खाना खाजा बापत पोखरा महानगरपालिका को कार्यलयबाट मात्र करिब ६० लाख खर्च भएको देखिएको छ भने स्वास्थ्य महाशाखाबाट ९ लाख ५० हजार र स्वास्थ्य महाशाखाबाट ९ लाख ५० हजार, सामाजिक बिकास महाशाखा २ लाख ४० हजार र शिक्षा महाशाखाबाट २ लाख ६८ हजार भुक्तानी गरिएको भएपनि अधिकांश होटल रेष्टुरेन्टको बिल मात्र पेश गरिएको तर खर्चको पुष्ट्याई गर्न कुनै कार्यक्रम भएको समेत उल्लेख नभएको प्रतिबेदनमा उल्लेख छ 

 

४ असार २०८२, बुधबार २३:१३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा