पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञानमहायज्ञको अबसरमा आयोजना गरिएको राष्ट्रिय भजन प्रतियोगितामा पोखरा -२५ हेम्जाको देविस्थान भजन समूहले प्रथम स्थान प्राप्त गरेको छ । यो संगै उक्त समुहले प्रथम पुरस्कार बापत ३ लाख ५५ हजार ५५५ रुपैया नगद सहितको पुरस्कार र संम्मान प्राप्त गर्ने भएको छ।
पोखरा महानगरपालिका हेम्जाको उक्त भजन समूह केहि बर्ष यता निकै लोकप्रिय भजन समूहको रुपमा परिचित छ २०५९ सालमा भजन समूह संगठित गरिएको भएपनि २०६९ सालमा उक्त समूह बिधिबत रुपमा दर्ता गरिएको थियो नेपालको विभिन्न स्थानमा हुने भजन प्रतियोगितामा सहभगी भएर उत्कृष्ट पुरस्कारहरु प्राप्त गर्दै आएको देबिस्थान भजन समूहले विभिन्न प्रतियोगितामा सहभागि भएर प्राप्त गरेको पुरस्कार रकम समेत बिभिन्न सामाजिक काममा खर्च गर्दै आएको छ
उक्त समुहले हेम्जा स्थित मानव सेवा आश्रमको बिकासको लागि ५ लाख ११ हजार १११ रुपैया दाङ गरेको र हेम्जा स्थित बिष्णुपादुका माई मन्दिर परिशरमा शिब मन्दिरको निर्माण र ढुंगा छाप्ने काम समेत गरेको छ अन्य बिभिन्न धार्मिक संघ संस्था र धार्मिक कार्यहरुमा सहभगी हुँदै आएको देबिस्थान भजन समूहको अध्यक्ष भरत चन्द्र गौतम रहेको छन भने बरिष्ठ उपाध्यक्षमा बुद्ददेबी कुँवर, सचिब झंकनाथ कुँवर लगायत रहेको छ पोखराको गण्डकी कोटीहोममा आयोजित भजन प्रतियोगितामा प्रकाश चन्द्र गौतमले गायनको नेतृत्व गरेका थिए
प्रतियोगितामा पोखरा -२५ हेम्जाको अर्को समूह माछापुच्छ्रे सेवा समाजले दोश्रो स्थान प्राप्त गर्न सफल भएको छ यो संगै २ लाख ५५ हजार ५५५ रुपैया नगद सहितको पुरस्कार प्राप्त गर्ने भएको छ।
माछापुच्छ्रे सेवा समाज पनि पोखरा -२५ हेम्जामा क्रियाशील अर्को भजन समूह हो यो भजन समूह २०७३ सालमा स्थापना भएको हो । कास्कीको माछापुच्छ्रे गाउँबाट हेम्जामा आएर बसोबास गर्नेहरुले आँफुहरुलाई सुखदुखमा जुट्ने आफन्तहरुको खोजि गर्ने क्रममा संगठित भएको माछापुछ्रे सेवा समाजले पनि आफ्नो समुहको लागि आर्थिक संकलनको मुख्य माध्यम भजन कृतनलाई नै रोजेको छ । हाल १ सय ५० घर परिवार सदस्य रहेको यो समूह र हेम्जाकै देबिस्थान भजन समूहको बिचमा भजन कृतनमा भने तिब्र प्रतिष्पर्धा रहँदै आएको ।
माछापुच्छ्रे सेवा समाजका अध्यक्ष रामचन्द दाहालले गुरुकुल खबरसंग भने, “देबिस्थान भजन समूह नपुगेको प्रतियोगितामा हाम्रो समूह ले नै पहिलो स्थान प्राप्त गर्छ । बिगत १८ महिनाको अबधिमा हामीले १३ वटा प्रतियोगितामा भाग लियौं र सबै प्रतियोगितामा प्रथम भएर पुरस्कार प्राप्त गर्न गरेको छौं । तर, १४ औं प्रतियोगिताको रुपमा रहेको गण्डकी कोटीहोमको भजन प्रतियोगितामा भने देबिस्थान प्रथम र हामीले दोश्रो स्थान प्राप्त गर्न सकेका छौं ।” अध्यक्ष दाहालका अनुसार उक्त समुहले भजनकृतन गरेर संकलन गरेको ४० लाख रुपैयाबाट समाजको भवन निर्माणको लागि जग्गा खरिद गरिएको र अब भवन निर्माणको लागि थप रकम संकलनको अभियानमा सम्माज जुटेको छ ।
प्रतियोगितामा बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ ले तेश्रो स्थान प्राप्त गरि १ लाख ५५ हजार ५५५ नगद पुरस्कार प्राप्त गर्ने भएको छ। राधाकृष्ण भजन समूह सैनामैना र भद्रकाली खैँजडी भजन समूहले सान्त्वना स्थान प्राप्त गरेका छन् । शान्त्वना पुरस्कार पाउनेलाई ६५ हजारको दरले पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुरले उत्कृष्ट झाँकी तर्फको पुरस्कार, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घले उत्कृष्ट अभिनय तर्फको पुरस्कार, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजाले उत्कृष्ट शब्द संयोजन तर्फको पुरस्कार, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङले उत्कृष्ट नृत्य तर्फको पुरस्कार, हरिहर भजन समूह स्याङ्जा पुतली बजारले उत्कृष्ट प्रस्तुति तर्फको पुरस्कार पाउने भएका छन ।
त्यस्तै राष्ट्रिय लोक भजन चुट्का भुमही नवलपरासीले उत्कृष्ट पुरुष स्वर, सृजना भजन समूह माथागडी पाल्पाले उत्कृष्ट महिला स्वर, भगवती भजन समूह पोखरा–१४ खाल्टेमसिनाले उत्कृष्ट अनुशासन, ओम खहरे स्वर भजन समूह, मकवानपुर मनहरीले उत्कृष्ट भेसभुसा, श्री गोपाल सिद्ध लोक भजन समूह प्राणिनी समाजले उत्कृष्ट वाध्ययन्त्र, ओमकारेश्वर भजन समूह तारकेशवर काठमाडौँले वैदिक सनातन प्रस्तुति, सनातन वाल समूह नवलपुर गैँडाकोटले उत्कृष्ट वाल कलाकार र हरेकृष्ण बौद्धिक ब्राह्मण भजन कीर्तन समूह गैँडाकोटले उत्कृष्ट सन्देशमूलक प्रस्तुति तर्फको पुरस्कार पाउने भएका छन । प्रतियोगिता अन्तर्गत उल्लिखित विभिन्न विधाबाट विजयी समूहलाई २५ हजार ५ सय २५ रुपैयाँका दरले पुरस्कार दिईने भएको छ।
प्रतियोगितामा ३ सय ५ वटा समूहले प्रतियोगीको रुपमा नाम दर्ता गराएकोमा २ सय ५६ समूहले मात्र प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगिताको निर्णायकहरु पुरुषोत्तम न्यौपाने, रिता थापा, सुरेश अधिकारी, सरला पाण्डे ,नवराज बराल, विश्वमाया पौडेल रहेका थिए । विजयी समूहलाई जेठ ३० गते शुक्रवार पुरस्कार वितरण गरिने प्रतियोगिताका संयोजक प्रजापति पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए ।