पोखरा, संघिय कानुनसंग बाझिने गरि गण्डकी प्रदेश सरकारले जारी गरि कार्यान्वयनमा ल्याएको राइड शेयरिंग नियमावली स्थगन गर्ने निर्णय गरेसंगे सार्बजनिक यातायात ब्यबसायीहरुले शुरु गरेको यातायात बन्दको आन्दोलन फिर्ता भएको छ । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगनको निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन्।
आन्दोलन स्थगनसँगै सार्वजनिक यातायातका साधनहरु मंगलवार बेलुकादेखि सञ्चालनमा आएका छन् । सोमबार नै सरकार र यातायात व्यवसायीबिच मध्यरातमा सहमति भएको थियो । सहमति भए पनि आज सार्वजनिक यातायात नचल्दा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । यातायात ब्यबसायीहरुले प्रदेश सरकारको नीति अनुसार तत्कालिन समयमा
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिए । आन्दोलनका कार्यक्रम फिर्ता लिएसँगै आजैदेखि सार्वजनिक यातायात सहज रूपमा चल्न सक्ने उनको भनाइ छ ।
यस अगाडी गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका उच्च पदस्थ अधिकारी र यातायात व्यवसायीबिच पटक–पटक वार्ता भएपछि सहमति भएको हो । सहमतिलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गण्डकी प्रदेश सरकार समक्ष पठाइएको थियो । सोही सहमतिका आधारमा गण्डकी सरकारले नियमावली स्थगन गरेको हो ।
सङ्घीय सरकारसँग सहमति भए पनि प्रदेश सरकारले नियमावली स्थगन नगर्दासम्म आन्दोलन जारी रहने भन्दै व्यवसायीले आज दिनभर सवारी साधन नचलाउँदा त्यसको मारमा आम नागरिक परेका थिए ।