Play

राजभण्डारीको नेतृत्वमा युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको नयाँ कार्यसमिति

गुरुकुल खबर


पोखरा, युवा उधमी र ब्यबसायीहरुको संस्था नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) पोखरा च्याप्टरको अध्यक्षमा समेज राजभण्डारी निर्वाचित भएका छन् । हालै सम्पन्न मंचको २०औं साधारणसभा तथा १५ औं अधिवेशनले राजभण्डारी नेतृत्वको कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

मञ्चको निवर्तमान अध्यक्षमा इन्जिनियर विशेष थापा, प्रेसिडेन्ट इलेक्टमा ई. सरोज कायस्थ , प्रेसिडेन्ट नोमिनीमा सिए विवेक श्रेष्ठ,  प्रोग्राम चेयरमा हर्सल बिजुक्छे, फाइनान्स चेयरमा सुरज श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमिति सदस्यमा, नुरज बाटाजू, मानस श्रेष्ठ, प्रतीकराज पहारी, सौरव थापा, सिजन श्रेष्ठ, र रनिल फैजु निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष राजभण्डारीले पोखराका सबै युवा उद्यमीहरुलाई समेटेर मञ्चलाई नेतृत्व गर्ने र युवा उद्यमीहरुको समग्र हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष्य अञ्जन श्रेष्ठले युवा उद्यमीहरु संलग्न संस्थाले उद्यमशीलताका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको बताए । साथै देशको आर्थिक, सामाजिक र नैतिक बिकासमा पनि युवा उद्यमिहरुको महत्वपुर्ण भूमिका रहने जिकिर गरे ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले युवा उद्यमीहरुले समग्र देशको आर्थिक बिकासमा जोड दिनु पर्ने बताए ।

मञ्चका केन्द्रीय अध्यक्ष कुशल सुन्दर श्रेष्ठले युवा उद्यमीहरुको समग्र हितसँगै सामाजिक क्षेत्र मञ्चले सक्रियताका साथ काम गरिरहेको बताए ।

१४ जेष्ठ २०८२, बुधबार १६:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा