Play

पोखराका पत्रकार पाठक र अधिकारीलाई गजेन्द्र स्मृति सृजनशील पत्रकारिता पुरस्कार

गुरुकुल खबर


पोखरा,  पोखराका पुराना पत्रकार गजेन्द्र भण्डारीको स्मृतिमा उनका परिवारले स्थापना गरेको ‘गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पोखराका पत्रकार केशव पाठक र दुर्गा अधिकारी सम्मानित भएका छन । दुईबर्ष अर्थात २०८१ र २०८२ मा दिईने पुरस्कारको लागि पाठक र अधिकारीलाई सम्मान गरिएको हो । भण्डारीकी धर्मपत्नी सरस्वती भण्डारी र परिवारले नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्ने गरी २०५४ सालमा उक्त पुरस्कारको स्थापना गरेको हुन।

स्व. भण्डारीको जन्मदिनको अवसर पारेर जेष्ठ २ गते पुरस्कार वितरण गरिएको हो प्रत्येक बर्ष एक जना पत्रकारलाई दिईने उक्त पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ।  नेपाल पत्रकार महासंघ कास्कीले स्वर्गीय भण्डारीका ७२ औँ जन्मजयन्तीको अबसर पारेर आयोजना गरेको  कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले उनीहरूलाई जनही २५ हजार र सम्मानपत्र प्रदान गरेका थिए । पत्रकार पाठक र अधिकारी दुवै जना बिगत दुई दशकदेखि पत्रकारितामा संलग्न रहँदै आएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चका पुर्व अध्यक्ष समेत रहेका पाठक पोखरा स्पोटस् अनलाइनका सम्पादक हुन । उनले युवा तथा खेलकुद मन्त्रालयबाट २०७६ को राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकारिता पुरस्कार लगाएतबाट सम्मानित भइ सकेका छन् ।

क्रियाशिल पत्रकार महिला समुह गण्डकी प्रदेशका पुर्व अध्यक्ष रहेकी अधिकारी निजी रेडियोहरुको संगठन वानका केन्द्रिय उपाध्यक्ष हुन । उनले नेपाल पत्रकार महासंघ कास्कीद्धारा स्थापित स्व.जगन्नाथ सिग्देल हिमदुत पत्रकारिता पुरस्कार, प्रेस काउन्सिल युवा पत्रकार सम्मान २०७२ लगाएतका विभिन्न पुरस्कार प्राप्त गरिसकेकी छन । उनि सफलता एफएमको संचालक पनि हुन।

२०५४ सालमा स्थापित गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कार यस अगाडी पोखराका अधिकांश अग्रज पत्रकारहरुलाई प्रदान गरिसकिएको छ। हाल सम्म २७ जना पत्रकारले उक्त पुरस्कार प्राप्त गरिसकेको पत्रकार महासंघ कास्कीले जनाएको छ । बिगतमा पोखरा क्षेत्रको लागि मात्र वितरण गर्ने गरिएको भएपनि पछिल्लो समय यसलाई राष्ट्रिय पुरस्कारको रुपमा राखिएको महासंघले जनाएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालमा लोकतन्त्र र गणत्रन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । प्रविधिको विकाससंँगै पत्रकारिता क्षेत्रमा अवसर र चुनौती दुवै सृजना भएको बताउदै उनले डिजिटल मिडियाको सदुपयोग गर्दै पत्रकारिताको विश्वसनियता बढाउन पत्रकार स्वयंम क्रियाशिल हुनुपर्ने बताए ।

सम्मानित पत्रकार केशव पाठक र दुर्गा अधिकारीले सम्मानले पत्रकारिता क्षेत्रमा थप क्रियाशिल हुने उर्जा मिलेको बताउदै आभार प्रकट गरे ।

स्व. पत्रकार गजेन्द्र भण्डारीका छोरा सन्तोष भण्डारीले बुवाले पत्रकारितामा गरेको योगदानलाई चिरस्थायी राख्न पुरस्कारको स्थापना गरेको र आफु पनि संचारकर्ममा जोडिएको बताए।

नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष माधव शर्माले सृजनशिलता संगै पत्रकार निर्भिक हुनु पर्ने बताए । स्वतन्त्रताको परिभाषा आवारापन नभएको बताउदै पत्रकारितामा संयमता सहितको स्वतन्त्रताको आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले राज्यले पत्रकारितालाई चौथौ अंगको रुपमा परिभाषा गरे पनि आमसंचार क्षेत्र र पत्रकार हकहितका लागि यथोचित बजेट छुट्याउने नगरेको गुनासो गरे।

कार्यक्रममा प्रतिभा छनोट समितिका संयोजक दीपेन्द्र श्रेष्ठले सम्मानित व्यक्तित्वको परिचय सहित शुभकामना दिए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा सम्पन्न उक्र कार्यक्रममा महासंघका उपाध्यक्ष माधव रेग्मी र सचिव भूपाल गुरूङले पनि आआफ्नो भनाई राखेका थिए ।

 

२ जेष्ठ २०८२, शुक्रबार १९:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा