Play

गण्डकी कोटीहोममा विभिन्न क्षेत्रको सहभागिता बढ्दो, बिहीबार सांसद, कलाकार र रेस्लर समेत सहभागी बन्ने

गुरुकुल खबर


पोखरा, मानव सेवा फाउण्डेशनले पोखरामा आयोजना गरेको गण्डकी कोटीहोममा बिहीबार जनप्रतिनिधिहरुको साथै हास्यकलाकार, रेस्लर अपांगताको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको सहभागिता रहने भएको छ। कोटीहोममा गण्डकी प्रदेशका सांसद सुनिता थापा सहित अपांगताको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुसहित हास्यकलाकार जोगिन्दर पानवाला शिव शंकर प्रसाद रिजाल, नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का युनिका लगायत सहभागी बन्ने बुझिएको छ। यसैगरि गैर आवाशीय नेपाली संघका नबनिर्बाचित प्रतिनिधिहरुसमेत महायज्ञमा सहभागी बन्ने आयोजकले जनाएका छन। बिहीबार एकादशी पर्वको अवसरमा अन्नदान कार्यक्रम समेत हुने भएको छ ।

महायज्ञमा शनिबार चर्चित लोकगायक पशुपति शर्मा, ख्यातिप्राप्त लोक गायिका तथा फाउण्डेशनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालको भजन सहित विशेष सांगीतिक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको छ। फाउण्डेशनका प्रचारप्रसार संयोजक लेखराज ढकालले यसबारे जानकारी दिँदै धार्मिक कार्यक्रमका साथै मनोरञ्जनात्मक कार्यक्रमहरूलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको बताएका छन् ।

बुधबार उत्कृष्ट दानवीरको रूपमा सङ्कल्प आमा समूहले १ लाख ९ हजार रुपैयाँ सहयोग गरेको थिए भने जनजागृति आमा समूहसहित अन्य व्यक्तिहरूले पनि दान गरेको आयोजकले जानकारी दिएको छन। त्यस्तै

यस्तै कोटीहोममा सात दिन प्रवचन दिन वाचन प्रवीण पं. दिनबन्धु पोखरेलसमेत आउने भएका छन् । पोखरेल वैशाख २८ देखि जेठ ३ गतेसम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको र पोखरेल आफ्नै झाँकी समूह र सगीत समूहसहित कोटीहोममा सहभागी हुने बताइएको छ । यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् । जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।

२४ बैशाख २०८२, बुधबार २२:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा