पोखरा, नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले नयाँ वर्षको शुभकामना आदानप्रदान एवम् क्यालेन्डर लोकर्पण गरेको छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, एनटिभिए गण्डकीका अध्यक्ष दुर्गादत्त दाहाल, संस्थापक अध्यक्ष मदन शर्मा खनाल, पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुुरुङ, सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोमबहादुर थापा लगायतले क्यालेन्डर लोकार्पण गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष पहारीले पर्यटन क्षेत्रका विभिन्न गतिविधिमा एनटिभिए गण्डकीसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
एनटिभिए गण्डकीका अध्यक्ष दाहालले संस्थाले आफ्ना नियमित कार्यक्रम अन्तर्गत क्यालेन्डर प्रकाशन गरेको बताउँदै नयाँ वर्षले सबैमा खुसी, सुखी र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
संस्थापक अध्यक्ष खनालले नयाँ वर्ष सबैका लागि खुसी, सुखी, आर्थिक समृद्धि र दीर्घ जीवनका लागि महत्वपूर्ण बन्ने बताए ।
एनटिभिए गण्डकीका अध्यक्ष दाहालको सभापतित्व एवम् महासचिव विकासप्रसाद कंडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा क्यालेन्डर प्रकाशन समितिका संयोजक एवम् संस्थाका सचिव श्याम लामिछानेले प्रकाशनका विविध पक्षबारे प्रकाश पारेका थिए । क्यालेन्डर प्रकाशन समितिका सदस्यमा शोभाखर तिवारी र आनन्दराज अधिकारी रहेका छन ।















