- गंगाधर पराजुली / पोखरा
प्रतिभा पराजुली, अर्थात् ‘देवी प्रतिभा’ को नाम धार्मिक तथा आध्यात्मिक क्षेत्रमा राष्ट्रिय एबम अन्तराष्ट्रियस्तरमा चर्चामा छ। नेपालको काभ्रेपलान्चोक जिल्लाको मण्डन देउपुर नगरपालिका-१० ज्वानेटारमा जन्मिएकी २४ बर्षीय देबी प्रतिभा अहिले अन्तराष्ट्रियस्तरमा सुप्रशिद्ध कथाबाचकको रुपमा स्थापित छन। आफुलाई नेपालमा जन्मिएको र नेपालकी छोरी भन्दा गर्व गर्ने देबी प्रतिभा छिमेकी मुलुक भारतको बृन्दावनमा रही करिब एक दशकदेखि प्रवचनमा स्थापित व्यक्तित्व हुन। उनि भारतमा रहंदा अध्यात्म ज्ञान प्राप्त गरेको र बिगत एक दशकदेखि उनि देश बिदेशमा हुने धार्मिक कार्यक्रममा कथाबाचक एबम प्रवचनकर्ताको रुपमा ब्यस्त रहने गरेकी छन।
काभ्रेमा जन्मिएकी नेपाली चेली ‘प्रतिभा’ स्थानीय साधुराम पराजुली र इन्दिरा पराजुलीको माइली छोरी हुन । बुवा साधुरामका अनुसार प्रतिभा सानै उमेरदेखि आध्यात्मिक सोच राख्ने गर्दथिन् । प्रतिभाको परिवार पनि आध्यात्मिक सोच र सोहि अनुसारको ब्यबहार गर्ने परिवार भएको कारण उनलाई आफ्नो चाहना अनुसार अगाडी बढ्न पनि सहज भएको बुझिएको छ। सोहि अनुरुप सानैदेखि ‘पण्डित’ बन्ने प्रतिभाको चाहनाले मुर्तरुप प्राप्त गरेको परिवारले बताएको छ । ‘छोरीले म एक दिन मेरो बुबाआमालाई आफैँले श्रीमद्भागवत कथा वाचन गरेर सुनाउँछु भन्थिन् ।’ प्रतिभाको आफ्नो सोच, चाहना पूरा भएकामा बुवा साधुराम गर्व गर्दछन ।
भारतको बृन्दावनमा संस्कृत व्याकरणमा आचार्य सम्मको अध्ययन गरेकी प्रतिभा गीतसङ्गीतमा पनि निपूर्ण छन । कोटीहोममा पनि प्रवचनका क्रममा धार्मिक गीतसङ्गीतमा श्रद्धालु भक्तजनलाई छमछमी नचाउन सक्ने खुबी उनको छ । उनी संलग्न धार्मिक कार्यक्रममा भीडभाड हुने गरेको छ भने उनीलाई पछ्याउनेहरु पनि त्यत्तिकै देखिन्छन। उनले प्रवचनको क्रममा आमसर्बसाधारण र महिलाहरुको मन छुने किसिमले अभिव्यक्ति दिने गरेकी छन जसले गर्दा उनको प्रवचन सुन्न आउने भक्तजनहरुको उपस्थिति उल्लेखनीय रहने गरेको छ ।
उनका बुवा साधुरामका अनुसार बनेपास्थित पञ्चकुमारी बोर्डिङ स्कुलबाट शुरुको शिक्षा लिएकी प्रतिभाले गाउँकै नवप्रतिभा बोर्डिङ स्कुलमा केही समय अध्ययन गरी काठमाडौँको वाल्मीकि विद्यापिठमा समेत केही समय अध्ययन गरेकी थिइन । प्रतिभाको इच्छाअनुसार परिवारले उनलाई उच्च शिक्षा अध्ययनका लागि भारतको बृन्दावनमा पठाएको थियो । भारतको वृन्दावन गएपछि छ महिनामा नै उनले भागवत् पढ्न सिकेकी थिईन ।
अध्ययनकै क्रममा प्रवचन दिन थालेकी प्रतिभाले कैयौँ धार्मिक कार्यक्रममा प्रवचन दिएकी छन् । आगामी दिनमा पनि प्रवचनलाई निरन्तरता दिने सोच रहेको उनको भनाइ छ । कथा वाचनको सिलसिलामा सात वर्षपछि गत बर्ष काठमाडौँमा आयोजित कोटीहोममा नेपाल आएकी प्रतिभा यस वर्ष पोखरामा आयोजित कोटीहोममा कथाबाचकको रुपमा आएकी छन ।
उनले आफ्नो प्रवचनमा ‘धर्म मानवलाई नियममा बाँध्ने एउटा सूत्र’ भएको र सेवाभावले जनजनमा धार्मिक गतिविधि प्रचार गर्न सकियोस् भन्दै आँफु यस क्षेत्रमा लागेको बताउछिन । ‘पत्थरले पनि मूर्तिको आकार पाउन निकै चोट सहनुपर्छ’, उनी भन्छिन्, ‘मेरो जीवनमा पनि यस्ता समस्या धेरै आए, म ती दिनहरु भुल्न सक्दिन ।’ उनले भन्ने गरेकी छन।
उनै देवी प्रतिभा अहिले पोखरामा सञ्चालन भइरहेको एतिहासिक श्रीगण्डकी शतकुंडिय गायत्री कोटीहोम बिराटज्ञान महायज्ञ-२०८२ मा भागवतकथा बाचकको रुपमा पोखरेलीहरु माझ दिनहुँ कथाबाचन गरिरहेकी छन्। उनको प्रवचन सुन्न पोखरा भित्र र बाहिरबाट समेत सर्बसाधारणहरु आउने क्रम जारी छ। हुन त, उनि भन्दा अगाडी पोखराको कोटीहोम महायज्ञमा विश्वकै कान्छी कथा बाचक अनुराधा पाण्डेले समेत करिब एक साता प्रवचन गरेर फर्किएकी छन भने अन्य प्रशिद्द कथा बाचकहरु आउने क्रम पनि जारी छ। तर, देबी प्रतिभाको प्रवचन सुन्न आउनेहरुको संख्या यतिबेला बढ्दै गएको छ। उनको प्रवचनलाई त्यहा आउने सबैजसोले मन पराएको छन ।
महायज्ञमा कथाबाचन गर्नको लागि बैशाख ५ गते शुक्रबार बिहान पोखरा आएकी अन्तराष्ट्रिय कथाबाचक देबी प्रतिभाले बैशाख १८ गतेसम्म पोखरामा रहेर भागवत कथा बाचन गर्ने कार्यक्रम रहेको छ। देबीप्रतिभा पोखरा आउने थाहा पाएपछि उनको स्वागतमा पोखरा विमानस्थलमा स्वागतको लागि पुगेका सर्बसाधारणलाई उनका सुरक्षाकर्मीहरुले अबरोध सिर्जना गरेपछि कतिपय सर्बसाधारण चिन्तित बनेका थिए ।
तर, महायज्ञस्थलमा बोल्ने क्रममा भने देबिप्रतिभाले सर्बसाधारणको चिन्तालाई सम्बोधन गर्दै ‘अब म महायज्ञमा कथाबाचन गर्न १४ दिनसम्म पोखरामा बस्छु, यसबिचमा जसले मलाइ घरमा लान चाहनुहुन्छ, त्यहाँ पनि सकेसम्म जान्छु’ भनेर भक्तजनको मन जित्ने प्रयास गरिन। उनले पोखरा विमानस्थलमा अवतरण भएपछि सुरक्षकर्मीहरुले घेरामा राखेर गाडी सम्म ल्याएको कारण आफुले सबैसंग भेट्न नपाएको उनले स्पष्ट पारिन। देबी प्रतिभाले ‘पोखरामा आइयो, अब हामीलाई के चाहियो ?’ र ‘भब्य उत्सब पोखरामा, कोटीहोम हो नाम, भागवत कथा सुने पक्कै मिल्छ परमधाम’ भन्दै भजन गाएपछि त्यहा उपस्थित सर्बसाधारण सबैले नाचेर साथ दिएका थिए।
“म नेपालमा जन्मिएकी नेपालकी छोरी हु, मलाई नेपाली भन्दा गर्व लाग्छ। त्यसैले मैले मेरो सामाजिक संजालमा पनि मेरो जन्म नेपालमा भएको भनेर उल्लेख गरेकी छु र जहिले पनि मैले नेपालमा जन्मेको नेपाली चेली भन्न रुचाउछु। तसर्थ तपाइहरुले पनि मेरो बारेमा कुरा गर्दा देबी प्रतिभा नेपाली चेली वा हाम्री चेली हुन् भन्नुभए हुन्छ” उनले पोखरेली सर्बसाधारण समक्ष आग्रह गरिन । आफू संसारका जुनसुकै ठाउँमा पुगे पनि आफ्नो संस्कार, जन्मिएको ठाउँ, आफ्ना समस्त नेपाली दाजुभाइलाई कहिल्यै नबिर्सने उनको भनाई थियो ।
उनले आफु कथा बाचनमा निकै ब्यस्त रहनु परे पनि नेपालमा यस किसिमको कार्यक्रममा बोलाएमा अन्यत्र समय मिलाएर पनि आँफुले नेपालमा हुने कार्यक्रमलाई प्राथमिकता दिएर सहभागी बन्ने प्रतिबद्दता समेत त्यस अबसरमा व्यक्त गरिन । पोखरामा जारी कोटीहोम र महायज्ञको लागि बनाइएको आकर्षक, ठुलो र बलियो पुर्वाधार ( पन्डाल ) आफुले नेपालमा पहिलोपटक देखेको उनले बताइन।
पोखरा भ्रमण बर्ष २०२५ र नेपाली नयाँ बर्ष २०८२ को अवसर समेत परेको कारण पोखरा घुम्न आउनेहरुको लागि सुखद संयोग बन्ने उनको तर्क थियो। ” म पोखरा आएकी छु र अब पोखरा मात्र नभएर बिन्दबासिनी, तालबाराही, पुम्दिकोट, गुप्तेश्वर महादेव, सरांगकोट लगायतका सबैजसो धार्मिक स्थलसहित सबैतिर पुग्ने चाहना छ।” उनको भनाई थियो ।
मानवसेवा फाउण्डेशन नेपालले पोखरामा आयोजना गरेको कोटीहोममा सहभागी भएर बोल्ने क्रममा उनले उपस्थित भक्तजनबाट प्राप्त माया र सद्भावले आफूलाई थप ऊर्जा मिलेको समेत बताइन । प्रतिभाका बुवा साधुरामले पनि छोरी देबी प्रतिभा प्रति गर्व गर्दै भने, हामी उनको चाहना विपरीत गएनौँ, उनी आफैँले एउटा बाटो समाएकी छिन्, अरुलाई पनि प्रेरणा दिएकी छिन्, देशविदेशमा नाम कमाएकी छिन्, उनी हाम्रो छोरी मात्र होइन, नेपाल देशकै एउटा नाम जस्तै प्रतिभा भएकामा हामी निकै खुसी भएको छौँ’ ।
कोटीहोममा आउने सर्बसाधारणको संख्या बढ्दो, सयवटा हवनकुण्डको तयारीमा तिब्रता, बैशाख १६ गते कलशयात्रा
पोखराको कोटीहोममा रौनक बढ्दो, वडाध्यक्ष शाहीपछि प्रदेश सांसद कार्की पुगे महायज्ञमा
कोटीहोम महायज्ञमा शुक्रबारबाट देबीप्रतिभाले कथाबाचन गर्ने, शीतल कृष्णको प्रवचन शनिबार
पोखरा कोटीहोमको लागि बिरौटाको जग्गामा भुमिपुजन, स्थानीयहरुसंगै पहिले बिरोध गर्नेहरुपनि उपस्थित